लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको ५ र १० अगस्टमा लण्डनमा बसेको बैठकले संयुक्त अधिराज्यको हाउस अफ लडर्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा युके-नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्र जंग लामिछाने रहनुभएको छ भने महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहनुभएको छ ।
फोरमको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी हुनुहुन्छ ।
सो फोरमको उद्घाटन सभामा बोल्नुहुँदै राजदूत डा.सुवेदीले आर्थिक विकासको लागि नेपाल सरकारले लगानी मैत्री नीति कार्यान्वयन गरिरहेको र नवगठित युके-नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवर्धनमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै मञ्चका नवनिर्वाचित अध्यक्ष लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिवद्ध रहने बताउनु भयो । लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्नुहुँदै नवगठित मञ्चद्धारा नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने कार्यमा यो मञ्च प्रयत्नशील रहने प्रष्ट गर्नुभयो ।
मञ्चले सेप्टेम्बरको तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग