पोखरा । नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिनको तालिम लिएका छन् ।पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ इन्टिच्युटबाट विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन सिकेको होटल सञ्चालक विजय पौडेलले जानकारी दिनुभयो ।
“उहाँहरु विभिन्न देशका नागरिक हुनुहुन्छ, बन्दाबन्दीले नेपालभित्रै रहनुपरेपछि एकअर्काबीच साथी भएर ग्रुप बनाउनुभएको रहेछ, एकदिन हामीलाई नेपाली खाना बनाउने तालिम दिनुस् भनेर आउनुभयो, हामीले १० जनाको टोलीलाई तालिम दियौँ”, उहाँले भन्नुभयो, “उक्त टोलीमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, फ्रान्सलगायत देशका नागरिक रहेका छन् ।”
फ्रान्सका नागरिक माइकलले नेपाली खाना निकै स्वादिष्ट लागेको र पकाउँदा पनि निकै रमाइलो लागेको प्रतिक्रिया दिनुभयो । उहाँले अहिले लेकसाइडबाट थाइ मसाजको तालिम लिइरहेको बताउनुभयो । आफ्ना केही साथी पोखरा आसपासका पदयात्रामा गएकाले उनीहरु फर्केपछि साथीलाई पनि नेपाली खानाका थाली बनाउन तालीममा सहभागी गराउने उहाँको भनाइ थियो ।
प्रशिक्षकद्वय निश्चल देवकोटा र विजय सुवेदीले पर्यटकलाई नेपाली खाना बनाउन सिकाएका थिए । “निकै मेहनत र रुचिपूर्वक तालिममा सहभागी हुनुभयो छोटो समयमा पनि मीठो नेपाली खाना बनाउन उहाँहरु सफल हुनुभयो”, प्रशिक्षक देवकोटाले भन्नुभयो । पर्यटकले आफूले बनाएको नेपाली खाना सबैजना मिलेर खाएको अर्का प्रशिक्षक सुवेदीको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले एकदिन तालिममा दाल भात तरकारी, अचारलगायतको आइटम बनाउन सिकाएका थियौँ, निकै रुचिपूर्वक सिक्नुभयो ।” सुवेदीका अनुसार उनीहरुले बिहान ९ बजेदेखि दिउँसोको समयमा दालभात तरकारी अचारका आइटम बनाउन सिकेको थिए ।
कान्तिपुर होटल ट्रेनिङ इष्टिच्युटले २०६३ सालदेखि सञ्चालनमा आएयता करिब २६ हजारलाई कुक तालिम दिइसकेको छ । तालिम लिएका ६० प्रतिशत विदेशका विभिन्न होटल तथा तारे होटलमा कार्यरत छन् भने ४० प्रतिशत नेपालभित्रै रोजगार र स्वरोजगार रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप