लण्डन । पासा पुच: गुथी लण्डनको अध्यक्षमा रुक्मनी मानन्धर निर्वाचित भएकी छिन् ।
गुथीको यही सप्ताहन्तमा भएको भर्चुअल साधारणसभाले सर्वसम्मतरुपमा मानन्धरको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा सन्दीप श्रेष्ठ र मेनका श्रेष्ठ, महासचिवमा प्रनिशा शाक्य, सहसचिवमा लिसा दली श्रेष्ठ, कोषाध्यक्षमा सविता मानन्धर, सहकोषाध्यक्षमा रोजी मानन्धर रहेका छन् । यस्तै, साँस्कृतिक सचिवमा रश्मिता सिंह दर्लामी, खेलकुद सचिवमा सुमित बज्राचार्य र सदस्यहरुमा किरन मानन्धर, किरणलाल श्रेष्ठ, अनिल महर्जन र अमिता श्रेष्ठ निर्वाचित भएका छन् ।
नयाँ कार्यसमिति गठनका लागि डा सचेतन तुलाधर र सुशील प्रजापति रहेको एक निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि साधारणसभामा सचिव सन्दीप श्रेष्ठले पासा पुच: लण्डनले गरेका कार्यहरु समेटिएको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सविता मानन्धर र सहकोषाध्यक्ष लियुङ युट पिङले आर्थिक हरहिसाब पेश गरेका थिए। अध्यक्ष संयुक्त श्रेष्ठले साधारणसभामा संस्थाको कोष खर्च गर्ने विधि र कार्यसमितिमा निर्वाचित हुनका लागि योग्यताबारे प्रस्ताव पेश गरेका थिए ।
साधारणसभामा संस्थापकहरु बालमुकुन्द जोशी, शशीधर मानन्धर, अमृत स्थापित, अर्जुन प्रधानको उपस्थिति थियो । यस्तै पूर्व अध्यक्षहरु कृष्ण चखु, डा सचेतन तुलाधर, साउथ इष्ट लण्डन शाखाका अध्यक्ष सुशील प्रजापति, साउथ इष्ट रिजनकी महासचिव प्रतिमा जोशी लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी सबैलाई उपाध्यक्ष रुक्मनी मानन्धरले स्वागत गरेकी थिइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते