
काठमाडौं । सरकारले केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि मास टेस्टिङ (ठूलो सङ्ख्यामा जनसमुदाय)मा गरिने परीक्षण थालेको जनाएको छ।
भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो।
विगतमा काठमाडौं उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले ‘मास टेस्टिङ’ राम्रो विकल्प नभएको बताएका छन्।
सरकारले सुरुमा प्रतिदिन १०,००० पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४,००० को हाराहारीमा मात्रै परीक्षण भइरहेको छ।
त्यति सङ्ख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा सङ्क्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको भन्दै परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताए।
डा. मरासिनीले भने: “दैनिक १०,००० को सङ्ख्यामा परीक्षण पुर्याइएन भने निकै भयावह अवस्था आउनेछ। अबको १५/२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी सङ्क्रमण देखिनेछ।”
तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन्।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, “हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छ/छैन भन्ने यकिन गर्ने हो। त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन।”

तस्बिर स्रोत, RSS
सरकारले करिब ४५,००० को मास टेस्टिङ गर्ने भन्दै काठमाडौंमा परीक्षण थालेको थियो।
काठमाण्डूमा ५,००० परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण देखिएको छ।
काठमाडौं प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा. अधिकारीले बताए।
उनले भने, “काठमाडौं प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा सङ्क्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौँ।”
“जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट सङ्क्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौँ।”
उनका अनुसार प्राथमिकतामा राखिएका क्षेत्रहरूमा काठमाडौं, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन्।
मानिसको सङ्ख्या धेरै र आवतजावत धेरै हुने सङ्क्रमण हुनसक्ने स्थानममा समुदायस्तरमा सङ्क्रमणको अवस्था जान्नका लागि जनसमूदायमा गरिने परीक्षणलाई मास टेस्टिङ भनिन्छ।
मास टेस्टिङ यसअघि नेपालमा हुँदै आएको परीक्षणभन्दा फरक हो। अहिलेसम्म विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेकाको मात्रै परीक्षण गरिन्थ्यो। “स्थानीय स्तरमा समुदायमा हुनसक्ने भन्ने चिन्ता व्यक्त भएपछि ती क्षेत्रमा सङ्क्रमणको अवस्था के छ भनेर बुझ्न मास टेस्टिङ सुरु गरेका हौँ,” डा. अधिकारीले भने।
जनस्वास्थ्य विज्ञहरूले भने मास टेस्टिङको प्रभावकारिताबारे प्रश्न उठाएका छन्।
डा. मरासिनी भन्छन्, “मास टेस्टिङ गरेको भोलिपल्ट उनीहरूलाई सङ्क्रमण नहुने भन्ने हुँदैन।”
“त्योभन्दा विगतमा आरडीटी गरेकाहरूलाई प्राथमिकतामा राख्नुपर्छ। अस्पतालमा दमको बिरामी र शल्यक्रिया गर्ने चिकित्सकको परीक्षण गर्नुपर्छ।”
“सङ्क्रमण देखिएकाहरूको सक्रिय निरीक्षण गरेर त्यो अनुसार परीक्षण गर्नुपर्छ।”
उनका अनुसार मास टेस्टिङ गर्नुभन्दा परीक्षण गर्ने क्षेत्र र क्वारन्टीनमा राखेर परीक्षण नगरी घर पठाइएकालाई परीक्षण गर्नुपर्छ।
“मास टेस्टिङ समस्याको समाधान होइन त्यसैले समुदायमा जहाँजहाँ जोखिम देखिएको छ त्यहाँ टोली पठाएर सङ्क्रमणको जाँच गर्नुपर्यो,” उनले भने।
“स्वास्थ्य संस्थामा आएका बिरामीका नमुना लिएर जाँच्नुपर्छ। त्यसबाहेक विदेशबाट आएकाको परीक्षणलाई निरन्तरता दिनुपर्छ।”
कतिपय स्थानीय निकायले सङ्क्रमितको सङ्ख्या बढेको भन्दै सूचना जारी गरेका छन्।
विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले पनि नगरभित्र सामुदायिक रुपमा सङ्क्रमण फैलिन सक्ने भन्दै सोमवारदेखि अति आवश्यक सेवाबाहेक अन्य सेवाहरू बन्द गरेको छ।
वीरगञ्जमा पछिल्ला दिनमा सङ्क्रमण व्यापक फैलिएको डा. मरासिनीले बताए।
उनले भने, “वीरगञ्जमा सबैजसो अस्पतालमा सङक्रमण देखिएर बन्द हुन थालिसके। अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।”
“अब हामीले दैनिक १०,००० को सङ्ख्यामा परीक्षण गरेनौँ भने अवस्था नियन्त्रण गर्नै नसक्ने भएर जान्छ।”
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’