काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले राससलाई जानकारी दिनुभयो ।
“चारजनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौँ, बेलुकासम्म आधिकारीक रिपोर्ट आउँछ,” उहाँले भन्नुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार ती कर्मचारी प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत छन् । चार प्रहरीमा कोरोनाको लक्षण देखिएपछि सो शाखामा कार्यरत अन्य प्रहरीको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब सङ्कलन कार्य शुरु गरेको बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा