जोहानस्वर्ग । दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिनुभएको हो ।
यहाँ यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ ।
यहाँ आजसम्ममा ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । यहाँ दिनप्रतिदिन यसका संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै