काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट पहिलोपटक एक विदेशी नागरिकको मृत्यु भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको जानकारी दिए । पोखरामा बस्दै आएकी उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।
अस्पताल प्रशासनका निमित्त प्रमुख माधव प्रसाद घिमिरेका अनुसार मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “मंगलबार त्रिवि अस्पताल भर्ना हुनुभएकी उहाँ एक्युट कोरोनरी सिन्ड्रम विथ सेग्मेन्ट एलिभेशनबाट पीडित हुनुहुन्थ्यो ।”
उनको शवका बारेमा निर्णय लिन सम्बन्धित निकायबाट तीनदेखि चार दिन लाग्ने हुनाले तत्कालका लागि शवलाई अस्पतालमै व्यवस्थित गरेर राखिएको घिमिरेले प्रष्ट्याउनुभयो ।
नेपालमा हालसम्म कोभिड–१९ बाट ४२ जनाको मृत्यु भएको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिका बस्ने एक ६० वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै निधन भएको थियो । साउन २ गते भर्ना हुनुभएको उहाँको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्दा कोभिड–१९ को पुष्टि भएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने