काठमाडौँ। राष्ट्रिय खेलाडीहरु संलग्न रहेको सशस्त्र प्रहरीको एपिएफ क्बलले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जोगाएको छ।त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नं ७ जनकपुरलाई सात विकेटले हराउँदै एपिएफ क्लबले उपाधि जितेको हो।
फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो।
जवाफी ब्याटिङमा आएको एपिएफले ९३ बल बाँकी छदै तीन विकेट गुमाएर खेल जित्यो।
एपिएफलाई जित दिलाउनका लागि बलरको भूमिका विशेष रह्यो। प्लेयर अफ दि म्याच घोषित नीरा राजोपाध्यायले पाँच विकेट लिइन। त्यस्तै रुविना क्षेत्रीले दुई, ऋतु कनोजिया, विनु बुढामगर, सीता रानामगरले एक/एक विकेट लिए।
जनकपुरकी अनुराधा चौधरीले २८, ममता चौधरीले २० र रोजी कदारीले १२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन समेत बनाउन सकेनन्।
प्रतिउत्तर ब्याटिङ गर्दै एपिएफका लागि ज्योति पाण्डेले नटआउट ३१, सरिता मगरले १४, सीताले १०,नीराले नट आउट सात तथा मधु थापाले छ रन जोडेका थिए।
अनुराधाले दुई र सन्तोषी चौधरीले एक–एक विकेट मात्र लिएका थिए।
उपाधि विजेता एपिएफले ट्रफीसहित ५० हजार रुपैया, उपविजेता जनकपुरले ट्रफीसहित ३० हजार रुपैया जित्यो। क्षेत्र नं ५ नेपालगन्जकी सन्जु चौधरी सर्वोकृष्ट हुँदै १० हजार रुपैया प्राप्त गरिन।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान क्षेत्र नं १ विराटनगरकी सङ्गीता राई र बलर उपविजेता जनकपुरकी शान्ति चौधरीले पाँच–पाँच हजार पाए भने उदयीमान खेलाडीको उपाधि पनि सङ्गीताले प्राप्त गरिन्।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ