लन्डन । नेपालमा कोरोना महामारीबाट रोजगारी गुमाएका तथा न्यून आय भएका परिवारहरुलाई बेलायतस्थित एउटा सामाजिक संस्था, बर्न्टओक नेपाली समाजले सहयोग गरेको छ।
“नेपालमा झन्डै तीन महिना लामो लकडाउनका कारण खासगरी दैनिक मजदूरी गर्ने लगायतका परिवारहरुलाई निकै गाह्रो भएको समाचार सुनेपछि हामीले हाम्रो समाजका सदस्यहरुबाट स्वेच्छिक सहयोग उठायौं। त्यसमा संस्थाको तर्फबाट केहि रकम थपेर नेपाल पठायौं। नेपालको लोकप्रिय टेलिभिजन प्रसारण कार्यक्रम इन्द्रेणीका संचालक, कृष्ण कंडेल, ले हाम्रो अनुरोधलाई स्वीकार गर्दै हामीले पठाएको सहयोग रकम एकदमै दुख पाएका व्यक्तिहरुलाई वितरण गर्नु भयो,” बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले भने।
अध्यक्ष गुरुङका अनुसार २ हजार २३५ पौण्ड (नेरु ३२८,५४५) भोकभोकै परेका नेपालीहरुलाई वितरण गरिएको छ।
समाजका महासचिव भोला पनेरुले भूकम्पको बेला पनि समाजले नेपालमा भूकम्पपीडितहरुलाई सहयोग गरेको स्मरण गरे। “हामी आफै कोरोना संक्रमणको उच्च जोखिममा रहेको भएता पनि आफ्नो मातृभूमिप्रतिको दायित्व बोध गर्दै सक्दो सहयोग गरेका हौँ,” उनले भने।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ