लन्डन – बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले वेबिनारद्वारा प्रश्न उत्तरको कार्यक्रम आयोजना गर्न लागेके नेपाली एकाउन्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले बताए ।
“Business Survival in Covid 19 & Beyond” भन्ने विषय राखीएको सो कार्यक्रम नेपाली ब्यवसायीहरूप्रति लक्षित छ। कोरोना भाईरस (कोभीड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे कुनै पनि प्रश्न भए विशेषज्ञहरुसंग सोध्न सकिने अध्यक्ष सापकोटाले बताए ।
नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले आउंदो आइतबार २१ जुन २०२० को दिनको ३ देखि ४:३० बजेसम्म गर्ने सो वेबिनार छलफल कार्यक्रममा उपस्थित भै आफ्नो समस्या बताउन र ब्यवसाय संचालनमा के कसरी सहयोग पुग्न सक्छ भन्ने बिषयमा भाग लिन अनुरोध गरेको छ। इच्छुक ब्यवसायी सबैलाई निमन्त्रणा गरीएको छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा