
लण्डन । बेलायतस्थित रोजीहिरा फाउण्डेसनले खोटाङको एक गाउँपालिकामा कोभिड-१९ प्रभावितलाई राहत वितरण गरेको छ । जिल्लास्थित खोटेहाङ गाउँपालिका -२ मा मंगलबार राहत सामग्री वितरण गरिएको हो । कोभिड- १९ प्रभावित स्थानीय विपन्न समुदायका २० परिवारलाई खाद्यान्न वितरण गरिएको रोजीहिरा फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनकी निर्देशक रोजीना राईले कोरोना प्रभावित परिवारहरुलाई झण्डै महिनालाई पुग्ने गरी दाल, चामल, तेल सहितका खाद्यसामग्री प्रदान गरिएको बताइन । फाउण्डेसनले नेपाली वेल्फेयर सोसाइटी यूकेको संयोजनमा राहत बाँडेको जानकारी दिएको छ । उक्त राहत वितरणका बेलायतमा ‘जुम’ मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सो खाद्यान्त वितरणमा खोटाङबाट प्रतिनिधित्व गर्ने सांसद विशाल भट्टराई, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ र उपाध्यक्ष तथा फाउण्डेसनकी निर्देशक राईले रोजीहिराको मानविय कार्यको प्रशंसा गरेका थिए ।
‘जुम’ कार्यक्रममा किराँत राई यायोक्खा यूकेकी अध्यक्ष कल्पना राई, एनआरएनए इंग्ल्याण्ड सचिव गोविन्द खरेल, पत्रकार शिव भण्डारी र नेपाली वेल्फेयर सोसाइटी यूके अध्यक्ष धन बहादुर सार्कीको सहभागिता थियो । एनआरएनए यूके सचिव जीत रानाभाटले होस्ट गरेको जुम कार्यक्रममा राहत वितरणलाई डा. बुद्धि नेपाली, अधिवक्ता राजुप्रसाद धिमाल, वडा अध्यक्ष दिपेन राई, भिमबहादुर खड्का, पारस राई र एसबी सेन्चुरीको सहभागीता थियो । फाउण्डेसनका निर्देशकद्धय राई र उनका श्रीमान हिराधन राईले कोरोना प्रभावितमा परेकालाई सहयोगको गर्न पाएकोमा खुसी व्यक्त गरे ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित