
लण्डन । बेलायतस्थित रोजीहिरा फाउण्डेसनले खोटाङको एक गाउँपालिकामा कोभिड-१९ प्रभावितलाई राहत वितरण गरेको छ । जिल्लास्थित खोटेहाङ गाउँपालिका -२ मा मंगलबार राहत सामग्री वितरण गरिएको हो । कोभिड- १९ प्रभावित स्थानीय विपन्न समुदायका २० परिवारलाई खाद्यान्न वितरण गरिएको रोजीहिरा फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनकी निर्देशक रोजीना राईले कोरोना प्रभावित परिवारहरुलाई झण्डै महिनालाई पुग्ने गरी दाल, चामल, तेल सहितका खाद्यसामग्री प्रदान गरिएको बताइन । फाउण्डेसनले नेपाली वेल्फेयर सोसाइटी यूकेको संयोजनमा राहत बाँडेको जानकारी दिएको छ । उक्त राहत वितरणका बेलायतमा ‘जुम’ मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सो खाद्यान्त वितरणमा खोटाङबाट प्रतिनिधित्व गर्ने सांसद विशाल भट्टराई, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ र उपाध्यक्ष तथा फाउण्डेसनकी निर्देशक राईले रोजीहिराको मानविय कार्यको प्रशंसा गरेका थिए ।
‘जुम’ कार्यक्रममा किराँत राई यायोक्खा यूकेकी अध्यक्ष कल्पना राई, एनआरएनए इंग्ल्याण्ड सचिव गोविन्द खरेल, पत्रकार शिव भण्डारी र नेपाली वेल्फेयर सोसाइटी यूके अध्यक्ष धन बहादुर सार्कीको सहभागिता थियो । एनआरएनए यूके सचिव जीत रानाभाटले होस्ट गरेको जुम कार्यक्रममा राहत वितरणलाई डा. बुद्धि नेपाली, अधिवक्ता राजुप्रसाद धिमाल, वडा अध्यक्ष दिपेन राई, भिमबहादुर खड्का, पारस राई र एसबी सेन्चुरीको सहभागीता थियो । फाउण्डेसनका निर्देशकद्धय राई र उनका श्रीमान हिराधन राईले कोरोना प्रभावितमा परेकालाई सहयोगको गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन