लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके इंग्ल्याण्ड राज्यपरिषद्ले एनआरएनए परिचय पत्र वितरण पुन: सुरु गर्ने भएको छ । कोरोना संक्रमणका कारण रोकिएको परिचय पत्र वितरणलाई सुरु गर्न लागेको सचिव गोविन्द खरेलले जानकारी दिएका हुन । त्यसका लागि प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई विवरण भर्न अनुरोध गरिएको छ ।
उनकाअनुसार परिचय पत्र वितरणका लागि व्यक्तिगत वा संस्थागत रुपमा स्वयंसेवीका रुपमा काम गर्न चाहनेहरुलाई अनलाइन फारम भरी सम्पर्कमा आउन अनुरोध गरिएको छ । कोरोना संक्रमणका कारण राहत वितरणमा लाग्नु पर्दा समयमै परिचय पत्र वितरण गर्न नसकेको जिकिर गर्दै उनले अहिले वितरणका लागि उपर्युक्त समय भएको बताए ।
‘आ-आफ्ना नातेदार तथा सम्बन्धित संघसंस्थाहरुका सदस्यहरुमा परिचयपत्र वितरणका लागि सम्पर्क गर्न आग्रह गर्दछु,’ इंग्ल्याण्ड राज्यपरिषद्का सचिव खरेलले भने, ‘उहाँहरुको सहयोगले हामीले बेलायतभर सजिलै परिचय वितरण गर्न सक्छौं ।’
परिषद्ले प्रतिनिधिहरुको नाम प्राप्त गर्ने वित्तिकै सवैलाई परिचय पत्र वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । साथै, परिषद्ले मिडल्याण्डमा परिचय पत्र वितरणका लागि आइतबार नै स्वयंसेवक टोली खटाइसकेको जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित