लण्डन । प्रहरी किथ पाल्मरको स्मारक नजिक पिसाब फेरेको अभियोगमा बेलायतमा एक युवालाई १४ दिन थुनामा राख्ने सजायँ भएको छ ।
स्टानस्टिड निवासी २८ वर्षीय आन्ड्रयू ब्याङ्क्सले गत शनिबार लण्डनको केन्द्रीय भागमा भएको प्रदर्शनको क्रममा पाल्मरको स्मारकसँगैको खम्बामा आड लागेर पिसाब गरिरहेको तस्वीर सार्वजनिक भएको थियो ।
आज बिहान वेष्टमिन्स्टर म्याजिष्ट्रेट कोर्टमा भएको सुनुवाइमा उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । अदालतले उनलाई सार्वजनिक शिष्टता भंग गरेको कसुरमा १४ दिन थुनामा राख्न आदेश दिएको छ ।
शनिबार लण्डनमा आयोजित र्यालीबाट लण्डनका स्मारकहरुमा तोडफोड हुनसक्ने भएकाले सोको सुरक्षार्थ स्वयंसेवीरुपमा आएका श्वेत युवाहरुको टोलीको उनी सदस्य थिए । अदालतमा बयानका क्रममा उनले त्यहाँ स्मारक रहेको थाहा नपाएको बयान दिएका थिए ।
प्रहरी पाल्मरको कर्तब्यपालनकै क्रममा बेलायती संसद भवन बाहिर आतंककारी आक्रमणमा परी २२ मार्च २०१७ मा निधन भएको थियो । उनीसँगै अन्य पाँच जनाले सो आक्रमणमा ज्यान गुमाएका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन