काठमाडौं। विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ ।
बिराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको हो। खेल सुरु भएको पाँचौं मिनेटमा लियोनेस डोडोजले पहिलो गोल गरी मनाङ मस्र्याङ्दीलाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको ३० औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गरी खेल बरावरीमा ल्याउन सफल भए ।
निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । सो अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट आर्मी फाइनलमा पुगेको हो ।
सेमीफाइनलमा पराजित भएपनि मनाङले एक लाख रुपैयाको पुरस्कार पाएको छ। पहिलो पटक विराट गोल्डकपमा पहिलो चरणमा हार्नेलाई तीस हजार रुपैया र दोस्रो चरणमा हार्नेलाई एक लाख रुपैया पुरस्कारको व्यवस्था छ। फाइनल त्रिभुवन आर्मी क्लव र झापा–११ बीच शनिबार सहिद मैदानमै फाइनल खेल हुनेछ। झापा थ्रिस्टार क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा