लन्डन । बेलायतबाट नेपाल जाने तयारी अवस्थामा रहेका करीव ३ सय मानिस थप केही समय बेलायतमै बस्नु पर्ने भएको छ । नेपाल सरकारले विदेशबाट आफ्ना नागरिक फिर्ता लग्न खाडी मुलुकहरुलाई पहिलो प्राथमिकतामा राखेपछि यूरोप, अमेरिका, अष्ट्रेलियाबाट नेपाल फर्किने नेपालीहरुले थप समय आ-आफु बसेको देशमै विताउनु पर्ने भएको हो । नेपाल सरकारका परराष्ट्र्मन्त्री प्रदीप ज्ञवालीले प्राथामिकताका आधारमा विदेशस्थित आफ्ना नागरिक फिर्ता लग्ने बताएपछि बेलायत कम प्राथमिकतामा परेको छ ।
‘मेलेसिया, कतार, दुवई र कुवेतलगायतका खाडी मुलुकहरुमा गैरकानूनी रुपमा बसेका नेपालीहरुलाई पहिलो प्राथमिकतामा राखि नेपाल सरकारले नागरिक फिर्ता लैजाने योजना बनाएको छ,’ संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासका प्रवक्ता शरदराज आरनले वीनेपालीसँग भने । विदेशमा रोजगारीमा आएका नेपाली फर्काउनु अघि मुलुकभर थप क्यारेन्टाईन निर्माण कार्यलाई नेपाल सरकारले अघि बढाएको छ । प्रवक्ता आरनका अनुसार खाडी मुलुक मध्येकै क्रमश बढी समस्या भोगिरहेका नेपालीहरु स्वदेश फर्कनेको लिष्टमा पर्दै जानेछन् ।
विदेशबाट स्वेदश फर्किने संख्याका आधारमा ठाउँ-ठाउँमा क्यारेन्टाईन निर्माण गरी दुई साता त्यही अनिवार्य बस्नुपर्ने नियमसहित क्रमश हवाई यातायात खोल्ने योजनालाई अघि बढाइएको छ । त्यसका लागि प्रधानन्त्री केपी ओली र परराष्ट्र्रमन्त्री प्रदिप ज्ञवालीले आ आफ्ना राजदूतहरुसँग पटक-पटक छलफल गरिसकेका छन् । संसद वैठकमा प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले विदेशस्थित नेपालीलाई फर्काउन रोडम्याप नै सार्वजनिक गरी सरकारलाई दवाव दिइरहेको छ ।
कोरोनाका भाइरस (कोभिड-१९) कारण बेलायतमा लकडाउनमा परी बेलायतमा रोकिएका करीव ३ सय नेपालीहरु तत्काल नेपाल फर्कन तयारी अवस्थामा छन् । संयक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गरेको छुट्टा-छुट्टै नाम संकलनमा ३ सय व्यक्तिहरु नेपाल जान सम्पर्कमा आएर नाम लेखाइसकेका छन् ।
गत सातादेखि एनआरएनए यूकेले तत्काल नेपाल जान जरुरी भएका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो । एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजकत्वमा नामावली संकलन कार्य अघि बढाइएको छ । उपाध्यक्ष पोखरेलका अनुसार सोमबारसम्म १६१ व्यक्तिहरु सम्पर्कमा आइसकेका छन् । पोखरेलका अनुसार यो क्रम बढदो छ ।
राजदूतावासको सम्पर्कमा झण्डै एक सय जना नेपाल जानका लागि तयारी अवस्थामा रहेको जानकारी फोन र इमेल मार्फत दिएका छन । नेपाल तत्काल फर्कनेमा बेलायत भ्रमणमा आएका नेपालीहरु, यहाँको परीक्षामा सहभागी हुन आएका डाक्टरहरु, केही विद्यार्थीहरु र बेलायतमा स्थायी रुपमा बसोवास अधिकार पाएका नेपालीहरु रहेको उपाध्यक्ष पोखरेलले जनाए ।
यता, राजदूतावासमा सम्पर्कमा आएकोमा पनि बेलायतमा एक कार्यक्रममा भाग लिन आएका डाक्टरहरुको समूह, बेलायत भ्रमणमा आएका नेपालीहरु र विश्वविद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीहरु छन् । नेपाल सरकारको अनुरोधमा बेलायतस्थित राजदूतावासले बेलायतबाट कति व्यक्तिहरु तत्काल नेपाल जान सक्छन भनेर आंकडा बनाइ रहेको दूतावासले जनाएको छ ।
एनआरएनए यूकेले कोरोना भाईरस (कोभिड- १९) को कारण बेलायतबाट नेपाल जान बन्चित भएका नेपालीहरुको नामावली संकलन कार्य गत सोमबारबाट शुरु गरेको थियो । उपाध्यक्ष पोखरेलले संयक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावाससँग समन्वय गरी तथ्यांक संकलनमा लागिरहेका छन् ।
उनका अनुसार बेलायतमा भ्रमणमा आएका, बिद्यार्थीहरु र लकडाउन खुल्ने वित्तिकै नेपाल जान चाहनेको नामावली संकलन गरि नेपाल सरकार, राजदूतावास, ट्राभल एजेन्सी, एयर लाईन्स एवं अन्य सरोकार वालाहरु संग समन्वय गरिनेछ । उक्त अभियानलाई एनआरएनए यूकेले नेपाल फर्काउ अभियान नाम दिइएको छ । नेपाल फर्काउ अभियान संयोजकमा उपाध्यक्ष रामचन्द्र पोखरेल छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]