लण्डन । युकेका स्थानीय विद्यार्थीहरुले नेपाली सँस्कृति र कलासम्पदाबारे बनाएका चित्रकलाको प्रदर्शनी हुने भएको छ ।
इंग्ल्याण्डको दक्षिण पश्चिमी क्षेत्र बोर्नमाउथ र पुल कलेजका विद्यार्थीहरुले विगत एक वर्षदेखि नेपालका बारेमा बनाएका चित्रकलाको प्रदर्शनी यही फेब्रुअरी २५ तारिखमा डिजिटल डिजाइन सेन्टर बोर्नमाउथ एण्ड पुल कलेजमा हुन लागेको हो ।
बोर्नमाउथ एण्ड पुल कलेज नेपाल आर्ट परियोजना नाम दिएको सो चित्रकला प्रदर्शनीको आयोजना युके नेपाल फ्रेण्डसीप सोसाइटीले गर्न लागेको हो ।
‘दुई देशका जनतालाई चित्रकलाको माध्यमबाट जोडौँ’ भन्ने नाराका साथ हुने सो चित्रकला प्रदर्शनीमा बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, गैरआवासीय नेपाली संघ, युकेका प्रतिनिधि, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरु र स्थानीय पुल काउन्सिलका मेयरको सहभागिता रहने बताइएको छ ।
सोसाइटीले विगत केही वर्षदेखि नेपाली कला र सँस्कृतिमार्फत विश्वभर जनचेतना जगाउने उद्देश्यले नेपाल इन्टरनेशनल आर्ट प्रोग्राम (एनआइएपी) सञ्चालन गरिरहेको सोसाइटीका अध्यक्ष अलान स्यांकाले जानकारी दिए । प्रोग्रामले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसरमा दुई देशका जनताबीच सम्बन्ध सुमधुर बनाउन अन्य कार्यक्रम गर्दैछ ।
चित्रकला प्रदर्शनीमा कलेजका डिजाइन र क्रियटिभ आर्टतर्फका करिब दुई सय विद्यार्थी सहभागी हुनेछन् ।
साहसिक पर्यटनबाहेक पनि नेपालको कलासँस्कृति नेपाललाई विश्वमा चिनाउन पर्याप्त छ भन्ने सन्देश दिनु प्रदर्शनीको उद्देश्य रहेको छ ।
कलेजका सबै तहका विद्यार्थीहरुलाई यस वर्ष नेपालको सँस्कृति, इतिहास, कला र सम्पदाका बारेमा आधारभूत जानकारी दिइएको थियो । जसका आधारमा विद्यार्थीहरुले फोटो, फाइन आर्ट, फेसन, ग्राफिक्स र टेक्सटायलहरु तयार पारेका छन् । विद्यार्थीहरुले जलवायु परिवर्तन, शहरी वातावरण, लैङ्गिक स्थिति, स्वास्थ्य र सामाजिक समानताका विषयहरुलाई समेटेका छन् ।
‘एक वर्षअघिसम्म नेपालबारे कुनै जानकारी नभएका करिब दुई विद्यार्थीहरु अहिले नेपाली कलासँस्कृतिबारे केही भन्न र प्रस्तुत गर्न सक्ने भएका छन् । यो नै उपलब्धी हो’ अध्यक्ष स्यांकाले भने ।
सोसाइटीले नेपालमा एयर एम्बुलेन्स सञ्चालन तथा युकेमा रहेका नेपालीहरुको स्वस्थ्य जीवनस्तरका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार