काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक अध्यक्षमा दीपक कोइराला चयन भएका छन्।
क्यान कार्य समितिको चार दिनसम्म चलेको बैठकले उपाध्यक्ष कोइरालालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको हो । कार्यवाहक अध्यक्ष रहेका तारणीविक्रम शाहको निधनपछि कोइरालालाई जिम्मेवारी दिने सहमति भएको हो। कोइराला माओवादीको जनमुक्ति सेनाका पूर्व विग्रेड कमाण्डर हुन्।
कोइरालालाई माओवादीका नेता टंक आङबुहाङले उपाध्यक्षमा नियुक्त गरेका थिए । आङबुहाङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि शाहलाई कार्यवाहक अध्यक्ष बनाइएको थियो।
बैठकले संघको कोषाध्यक्षमा शैलेश कुमार चौधरीलाई नियुक्त गरेको छ। बैठकले सन् २०१९ विश्वकप लक्षित गरि विशेष तयारी गर्न टोली गठन गरेको छ। ‘मिसन विश्वकप २०१९’ अभियानका लागि कार्यवाहक अध्यक्ष कोइरालाको संयोजकत्वमा ८ सदस्यीय टोली गठन गरेको हो। टोलीको सदस्यमा कार्यवाहक महासचिव उत्तम कर्मचार्य, कोषाध्यक्ष शैलेशकुमार चौधरी, प्रशिक्षक पुबुदु दासानायके, क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका साथै रास्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय बाट १-१जना प्रतिनिधि रहने छन्।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी