काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक अध्यक्षमा दीपक कोइराला चयन भएका छन्।
क्यान कार्य समितिको चार दिनसम्म चलेको बैठकले उपाध्यक्ष कोइरालालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको हो । कार्यवाहक अध्यक्ष रहेका तारणीविक्रम शाहको निधनपछि कोइरालालाई जिम्मेवारी दिने सहमति भएको हो। कोइराला माओवादीको जनमुक्ति सेनाका पूर्व विग्रेड कमाण्डर हुन्।
कोइरालालाई माओवादीका नेता टंक आङबुहाङले उपाध्यक्षमा नियुक्त गरेका थिए । आङबुहाङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि शाहलाई कार्यवाहक अध्यक्ष बनाइएको थियो।
बैठकले संघको कोषाध्यक्षमा शैलेश कुमार चौधरीलाई नियुक्त गरेको छ। बैठकले सन् २०१९ विश्वकप लक्षित गरि विशेष तयारी गर्न टोली गठन गरेको छ। ‘मिसन विश्वकप २०१९’ अभियानका लागि कार्यवाहक अध्यक्ष कोइरालाको संयोजकत्वमा ८ सदस्यीय टोली गठन गरेको हो। टोलीको सदस्यमा कार्यवाहक महासचिव उत्तम कर्मचार्य, कोषाध्यक्ष शैलेशकुमार चौधरी, प्रशिक्षक पुबुदु दासानायके, क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका साथै रास्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय बाट १-१जना प्रतिनिधि रहने छन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा