लण्डन । पूर्व गोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको कोरोना संक्रमणका कारण बुधबार लण्डनमा निधन भएको छ ।
उनका नातेदार कपुर राणाका अनुसार कोरोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साताअघि भर्ना भएका ७२ वर्षीय शाहीको बुधबार दिउँसो निधन भएको हो ।
सैनिक नम्बर २११५६०४१ का शाहीले सैन्य जीवनमा गोरखा ट्रान्सपोर्ट रेजिमेण्टमा सेवा गरेका थिए ।
लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए ।
पुख्र्यौली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । उनको श्रीमती, २ छोरी, १ छोरा छन् ।
उनलाई गत वर्ष हृदयाघात भएको थियो । यससँगै उनलाई ढाडको समस्या पनि थियो । पारिवारिक स्रोतका अनुसार शाहीकी श्रीमतीलाई पहिले कोरोना संक्रमण भएको थियो तर उनी अहिले सो संक्रमणबाट मुक्त भएको बताइएको छ ।
ग्रीनीच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसन (जीगेसा) की पूर्व अध्यक्ष लीलादेवी गुरुङ शाहीसित केही समयअघि भएको बातचित सम्झँदै भन्छिन्, “उहाँको छोराबुहारीलाई बेलायत ल्याउने ठूलो इच्छा थियो ।”
उमेरले बेलायतको वृद्धभत्ता पाउन योग्य भए पनि वृद्धभत्ता नखाने बरु पूर्णकालिन काम गरेर छोराबुहारी बेलायत ल्याउने योजनाका साथ उनले केही समय अघि मात्र सेक्युरिटीको लाइसेन्स निकालेर काम गर्न शुरु गरेका थिए ।
साहित्य सृजनामा सौख राख्ने शाहीको साहित्यिक उपनाम ‘पथिक’ रहेको थियो । उनी दक्षिण पूर्वी लण्डनमा हुने साहित्यिक गतिविधिमा सक्रिय थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न