लण्डन । कोरोना भाइरस संक्रमणबाट लण्डनमा एक नेपालीको मृत्यु भएको छ ।
पुर्ख्यौली घर लमजुङ पोखराथोक भई हाल लण्डनको पेरिभेलमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको बुधबार बिहान लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।पारिवारिक स्राेतलाई उल्लेख गर्दै तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले दिएको जानकारीअनुसार उनलाई एक गत मंगलबारदेखि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा बुधबार बिहान करिब ३ बजे अस्पतालबाट उनकाे निधन भएकाे जानकारी परिवारलाई दिइएको थियो ।
गुरुङको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाबाट जाति भई उनी काममा फर्किएका थिए ।
उनी १४ वर्षअघि हङकङबाट युके आएका थिए । उनको श्रीमती र एक छोरा छन् ।
उनको हाल नेपालमा बसोबास पोखरा मिलन टोलमा थियो । ससुराली तनहुँ मेवाबारी भएका कारण उनी तनहुँ तमु समाज पोखराका सदस्य पनि रहेका थिए ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा