लण्डन । सँगै जिउने, सँगै मर्ने । प्राय दम्पत्तिले यस्तै वाचा गरेका हुन्छन् । तर धेरैको जीवन कसम खाएजस्तो हुँदैन । सँगैसँगै जीवनयापन गरे पनि मरण आफ्नो हातमा हुँदैन । तर बेलायतमा बसोबासरत एक नेपाली दम्पत्तिको भने १२ दिनको अन्तरमा मृत्यु भएको छ र अब दुवै जनाको अन्त्येष्ठी पनि सँगै हुँदैछ ।
लमजुङ भोटेओढार स्थायी घर भई हाल रेडिङमा बसोबासरत पूर्व गोरखा सैनिक चोकबहादुर गुरुङ मुटु तथा मिर्गौला लगायतका रोगबाट थलिएका थिए । गत डिसेम्बरमा बर्कसायर अस्पतालमै उनलाई ब्रेन ह्यामोरेज भयो । त्यसयता चिकित्सककै सल्लाहबमोजिम उनी घरमै आराम गर्दै थिए । तर अचानक मार्च २० तारिख बिहान श्रीमती सुकमाया गुरुङ पो बितिन् हृदयघातबाट आफ्नै निवासमा । फष्ट सेकेण्ड गोरखा राइफल्सका २११५३२९० आर्मी नम्बरका कर्पोरल चोकबहादुरलाई एक्लै पारेर ६७ वर्षीया सुकमाया बिदा भइन् ।
मृत्युपश्चातको आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर परिवार उनको अन्त्येष्ठीका लागि तयारी गर्दै थियो । अन्त्येष्ठीको मिति पनि मिलिसकेको थियो अप्रिल ९ तारिख तर अचानक १ अप्रिलका दिन श्रीमान चोकबहादुरको पनि देहवसान भयो । उनी ८२ वर्षका थिए ।
परिवारका दुवै सदस्यको मृत्यु भएपछि परिवारका सदस्यहरुले योजना बनाए दुवैको बिदाई सँगसँगै गर्ने । संयोगले पहिले श्रीमतीकै अन्त्येष्ठीका लागि तय भएको दिन र समयमा श्रीमानको पनि अन्त्येष्ठीका लागि समय मिल्यो ।
बेलायतमा कोरोनाको महामारीले सबैतिर कार्यालयहरु बन्द भई घरबाटै काम भइरहेको अवस्थामा यी सबै प्रक्रिया पूरा गर्न सजिलो थिएन । त्यसमाथि अहिले कोरोनाका कारण दैनिक सयौंको मृत्यु भइरहेको अवस्थामा प्राकृतिक कारणबाट हुने निधन छायाँमा परिरहेको छ । गुरुङ परिवारका ज्वाइँ कुमार गुरुङले भने, ‘अहिले सबै प्रक्रिया अनलाइन नै हुने रहेछ । यदि मेडिकल रिपोर्ट अपटुडेट छ भने र जीपी, एम्बुलेन्स, पारामेडिक्स सबैलाई खबर गरिएको छ भने प्रशासनिक कार्यमा धेरै समय नलाग्दो रहेछ ।’
कोरोना संक्रमणको आशंकाका कारण अहिले बेलायत सरकारले सामूहिक भेलामा रोक लगाएको छ । जसका कारण गुरुङ दम्पत्तिको अन्तिम सँस्कारमा बढीमा १० जना मात्र सहभागी हुनसक्ने बताइएको छ । गुरुङ दम्पत्तिका २ छोरा ३ छोरी सबै अहिले युकेमै छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते