लन्डन । कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।
संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।
हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए ।
सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ ।
उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो ।
अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेट गरी सान्त्वना दिन पाएका छैनन् । संखुवासभा समाज युकेले जिल्लाबासीलाई राईको परिवार आइसोलेसनमा रहेका कारण आफ्ना सदस्यहरुलाई पारिवारिक भेटका लागि अर्को सूचना जारी गरिने जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते