लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसीसी) मा मनोनयका लागि सातै जना पुरुषलाई मात्र सिफारिस गरेको छ । एनआरएनए यूकेको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएकी पुनम गुरुङ आफैंले गरेको सिफारिस महिलाविहीन हुन पुगेको हो ।
२४ नोभेम्बरमा कार्यसमिति बैठक तय भैसकेको अवस्थामा हतारिएर अध्यक्ष गुरुङले ‘खल्तीबाट नाम झिक्दै’ सात जनाको नाम सार्वजनिक गरेकी छन् जसमा एक जना पनि महिला परेका छैनन् । सिफारिसमा परेकाहरु उनलाई निर्वाचनमा सघाउने वा उनका आफू निकट नै छन् ।
अध्यक्ष गुरुङको चुनावी कमाण्डरका रुपमा रहेका चन्द्रबहादुर गुरुङ आइसीसी सदस्यका लागि सिफारिस भएका छन् । आर्मीबाट रिटायर्ड गुरुङ नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष हुन् । त्यस्तै गत कार्यकालमा एनआरएनए यूके उपाध्यक्षमा पराजित तथा नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका संस्थापक अध्यक्ष भोला खनाल पनि सिफारिसमा परेका छन् । ‘कार्यसमितिको बैठक नै नराखि गरिएको सिफारिस महिला विरोधी देखिएको छ’-एक जना एनआरएनए युके उपाध्यक्षले भने ।
आइसीसी सदस्य सिफारिसमा पर्नेमा नेकपा निकट तथा पूर्व एमाओवादी नेता रणवहादुर केसी पनि छन् । त्यस्तै, एनआरएनए युके निर्वाचनमा सचिवमा उम्मेदवारी दिने हल्ला मात्रै गरेका मधेसीज इन यूकेका अध्यक्ष भाग्यनाराण राय पनि आइसीसी सदस्यमा सिफारिस भएका छन् ।
पूर्व अध्यक्ष योगकुमार फगामी निकट रमेशसिंह सराङकोटी पनि सिफारिसमा परेका छन् । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति यूकेका उपाध्यक्ष विजन भट्ट पनि आइसीसी सदस्य सिफारिसमा परेका छन् । उनी गत वर्ष अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप संह-संयोजकमा पराजित भएका थिए ।
अघिल्लो पटक एनआरएनए यूकेबाट आइसीसी सदस्यमा पराजित चिरन शर्मा (देवराज आचार्य) पनि सिफारिसमा परेका छन् । उनका आफ्नै दाई हेमराज शर्मा केन्द्रिय महासचिव भएका बेला आइसीसी सदस्यको ‘टिका लगाउने’ दाउमा शर्मा छन् ।
यसैबीच, एनआरएनए यूके उपाध्यक्ष नारायणदत्त कंडेलले सात जनाको सिफारिस र मापदण्डबारे अनभिज्ञता प्रकट गरेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण