
लन्डन । युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा श्रद्धाञ्जलि दिन आइतबार सेन्ट्रल लन्डनमा सयौंको भीडमा एक नेपाली कुटनीतिज्ञले सबैको ध्यान खिचे । बेलायती
राजपरिवार सदस्यदेखि बोरिस जोन्सन, जेरेमी कोर्बिन लगायत शीर्षस्थ
राजनीतिज्ञ र सैनिक भेट्रानहरुले परेडसहित हवाइटहल सिनोतापमा पुष्पगुच्छा
चढाइरहंदा राजदूत डा. दुर्गाबहादुर सुवेदी केन्द्रमा रहेका हुन् ।
लन्डनमा नेपाली दूतावास स्थापना भएको ८५ वर्षको इतिहासमा पहिलोपटक नेपाली राजदूत रिमेम्बरेन्स डे (११ नोभेम्बर) मा रिथ चढाउन अग्रपंक्तिमा त्यहां उपस्थित भएका थिए ।
‘मैले बेलायत सरकार र राजदरबारलाई दुई विश्व युद्धमा गोर्खाहरुको त्यागबारे विश्वस्त पारें’, राजदूतले भने, ‘नेपाल सरकार र नेपाली जनतालाई वीर सैनिकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न अवसर दिइनु पर्छ भनेपछि यो सम्भव भयो ।’
गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले सामाजिक सञ्जालमा पोस्ट गरे, ‘दूतावास स्थापना भएको ८५ वर्षको इतिहासमा नेपाली राजदूतले पहिलोपटक त्यहां सहभागी हुने अवसर पाउनुभयो र बीबीसी लाइभमा उहांलाई देख्दा गर्व लाग्यो ।’
शर्माको पोस्टमा धेरैले राजदूत डा. सुवेदीलाई बधाइ दिएका छन् । सामाजिक अभियन्ता एवं ब्रिटिश आर्मीका रिटायर्ड मेजर डमर घलेले बधाइ दिंदै सुवेदीलाई सबैभन्दा उत्कृष्ट र सक्षम राजदूतका रुपमा चित्रित गरेका छन् । गायक दीपक थापाले पनि खुशी व्यक्त गर्दै अब नेपालको संकट समाधानका लागि राजदूतलाई प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिंग स्ट्रिट’ को ढोका ढकढकाउने समय आएको टिप्पणी गरेका छन् ।
रिमेम्बरेन्स डेका अवसरमा बिहान ११ बजे युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा बेलायतभर दुई मिनेट मौन धारण गरियो । बोरिस जोन्सन, जेरेमी कोर्बिन, जो स्वीन्सन जस्ता नेता चुनावी अभियान छोडेरै श्रद्धाञ्जलि अर्पण गर्न सिनोताप आइपुगेका थिए ।
उक्त क्षेत्र भूपू गोर्खामय भएको थियो । मेडल, गोर्खा हयाट, ब्लेजर र पप्पी फूलमा सजिएका भूपू गोर्खाहरु रिमेम्बरेन्स् सन्डे परेडका लागि हवाइटहल वरपर जम्मा भएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न