
चिरन्जीवि ढकाल
बेलायत । प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाई रहेका पत्रकारहरुलाई पुरष्कृत गर्ने उद्देश्यले स्थापित अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका लागि निवेदन आव्हान गरिएको छ । गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।
सो पुरस्कारका लागि एक छनोट समिति पनि गठन गरिएको छ ।
सो पुरस्कारका लागि [email protected] मा ७ अक्टोबर सम्ममा आफुले लेखेको वा प्रकाशित गरेको लेख, समाचार, रेडियो वा टेलिभिजनको रिपोर्टको लिंक सहित इमेल गर्न भनिएको छ । पुरस्कारको राशी ५ सय अमेरिकी डलरसहित प्रमाण पत्र रहेको छ ।
यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुगांनाले पाएका थिए । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप