लन्डन । यसपटक एनआरएनए यूके चुनावमा दुई प्यानल बने । गुट उपगुट, आरोप प्रत्यारोप । दुवै पक्षले सामाजिक, धार्मिक तथा जातीय ‘ट्याग’ भिडाउन कन्जुस् गरेनन् । तर, त्यो भिडमा अपवाद रहे उपाध्यक्ष पदमा स्वतन्त्र लडेका एक्ला उम्मेदवार धनबहादुर सार्की । उनले चुनाव जितेनन् तर बेलायतवासी सारा नेपालीको मन जितेका छन् ।
कुनै प्यानलको सहारा नलिइ सार्कीले अल्डरसटबाट ६५३, बेजिङस्टोकबाट १३७, बेलफास्टबाट ८, बर्मिङहमबाट ७२, कार्डिफबाट २४, एडिनबराबाट ५८, ग्लास्गोबाट ५८, हयारोबाट २६६, केन्टबाट १३२, लेस्टरबाट ८८, प्लमस्टिडबाट २४३, रेडिङबाट २६८ र स्वीन्डनबाट १७७ गरि २१२४ मत ल्याए । चुनावी सरगर्मी बढिरहंदा उनी खुट्टा भांचिएर बैशाखीको सहारामा थिए, हिंडडुल गर्न असहज । प्रचार प्रसार उस्तो हुन पाएन । तर, मतदाताले उनलाई स्वतस्फूर्त आफ्नो अभिमत जाहेर गरे ।
एनआरएनए यूके इतिहासमा स्वतन्त्रबाट उपाध्यक्षमा त्यति धेरै मत ल्याउने सम्भवतः उनी पहिलो उम्मेदवार हुन् । ‘यसलाई मैले जितकै रुपमा लिएको छु, यति धेरै नेपालीले मलाई विश्वास गर्नुभयो । म उहांप्रति एकदमै आभारी छु’, सार्की भन्छन् । मत परिणाम आएपछि प्रमुख निर्वाचन आयुक्त मेजर (रिटायर्ड) डमर घलेले सार्कीलाई भने, ‘धन भाई तपाईंले धेरैको मन जित्नुभएको छ । म स्यालुट गर्न चाहन्छु । तपाईं जस्ता निस्वार्थ र निस्कलंक समाजसेवी बेलायतलाई खांचो छ ।’
त्यसो त आफ्नो शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुनम गुरुङले सार्कीको साहसिक र निस्वार्थ उम्मेदवारीको प्रशंसा गर्दै आफूलाई साथ चाहिने बताएकी थिइन् ।
दलित, उत्पीडित जातीको प्रतिनिधित्व गरेको भनिएका शेर सुनार पक्षमा पनि सार्की लागेनन्, न महिला र तमुहरुको पकडमा रहेकी पुनम गुरुङको पक्षमा लागे । ‘मलाई दलित भनेर सान्त्वना मत तान्नु पटक्कै थिएन किनकि म नेपाली हुं । त्यसकारण कतैतिर नलागी एक्लै लडें’, उनले भने ।
लन्डनस्थित सामाजिक अभियन्ता सार्की हारेर पनि समाजसेवामा आफ्नो क्रियाशिलता झन् बढि हुने विश्वास दिलाउंछन् । ‘अवसर पाए एनआरएनए यूकेभित्र कुनै त कुनै जिम्मेवारी लिएर कार्यसम्पादन गर्न तयार छु’- उनले बताए ।
सिर्जनशील नेपाली समाज यूकेका पूर्व अध्यक्ष सार्कीले गत मार्चमा पहिलो पटक यूकेमा संयुक्त राष्ट्रसंघले मनाउंदै आएको अन्तर्राष्ट्रिय जातीय रंगभेद विरुद्ध कार्यक्रम गरेर चर्चा बटुलेका थिए । उनी अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध छन् ।
गोरखा पुर्खेउली घर भएका सार्की १७ वर्षको उमेरमा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । १५ वर्ष सेवा गरेर ब्रिटिश आर्मीबाट अवकास लिएपछि उनी उच्च शिक्षा हासिल गर्न सन् २००१ मा यूके आएका थिए । उनले आइल अफ म्यान कलेजबाट ‘होटल एण्ड विजनेश म्यानेजमेन्ट’ बाट ब्याचलर्स डिग्री गरेपछि सन् २००४ मा यूकेको ‘वर्क परमिट’ लिइ काम र समाजसेवा संगै थालेका थिए ।
कोहीप्रति कुनै आग्रह/पूर्वाग्रह नराख्ने उनको पहिचान बेलायतमा सालिन, निडर, कर्मठ र स्वच्छ छविका रुपमा स्थापित छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते