काठमाडौं।मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा विजय यात्रालाई निरन्तरता दिएको छ। लुम्बिनी फुटबल क्लबलाई शुक्रबार १–० ले हराएपछि मनाङले शीर्षस्थानको थ्री स्टार क्लबसँग अंक बराबरी गरेको छ।
मनाङले पहिलो खेलमा सुदूर पश्चिमाञ्चल फुटबल क्लबलाई ३–० ले हरायो। तर, दोस्रो खेलको जित भने सहज रहेन। अन्तिम १० मिनेट दस खेलाडीमा सिमित भएको बुटवलले मनाङलाई कडा टक्कर दिएको थियो।
मिडफिल्डर सुजल श्रेष्ठले लुम्बिनीविरुद्ध ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए। विराज महर्जनको फ्रि किकमा सुजलले हेडमार्फत गोल गरेका थिए।
त्यो जितसँगै मनाङ र थ्री स्टारको समान ६ अंक छ। गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष र मनाङ दोस्रो स्थानमा छ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय