काठमाडौं।मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा विजय यात्रालाई निरन्तरता दिएको छ। लुम्बिनी फुटबल क्लबलाई शुक्रबार १–० ले हराएपछि मनाङले शीर्षस्थानको थ्री स्टार क्लबसँग अंक बराबरी गरेको छ।
मनाङले पहिलो खेलमा सुदूर पश्चिमाञ्चल फुटबल क्लबलाई ३–० ले हरायो। तर, दोस्रो खेलको जित भने सहज रहेन। अन्तिम १० मिनेट दस खेलाडीमा सिमित भएको बुटवलले मनाङलाई कडा टक्कर दिएको थियो।
मिडफिल्डर सुजल श्रेष्ठले लुम्बिनीविरुद्ध ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए। विराज महर्जनको फ्रि किकमा सुजलले हेडमार्फत गोल गरेका थिए।
त्यो जितसँगै मनाङ र थ्री स्टारको समान ६ अंक छ। गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष र मनाङ दोस्रो स्थानमा छ।
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत