लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले २४ जुलाइमा प्रधानमन्त्री मन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ छाड्ने भएकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नयां नेता २३ जुलाइमा घोषणा भएको भोलिपल्ट मेले प्रधानमन्त्री कार्यालय छाड्ने भएकी हुन् । जेरेमी हन्ट र बोरिस जोन्सनमध्ये एकजना पार्टी नेता र प्रधानमन्त्री हुनेछन् ।
प्रधानमन्त्रीका रुपमा बीबीसीलाई दिएको अन्तिम अन्तर्वार्तामा मेले पद छाड्ने बेला गर्व र निरासा दुवै भएको बताइन् । आफ्नो कार्यकालको एउटा प्रमुख मुद्दा ‘ब्रेक्जिट’ पार नलागेकामा आफू विक्षिप्त भएको बताउंदै उनले चाहे भन्दा छिटो पद त्याग्नुपर्ने अवस्था आएपनि आफू त्यो पदका लागि सही व्यक्ति भएको र आफूले गरेको काममा ज्यादै गर्व लाग्ने बताएकी छन् ।
२९ मार्चको समयसीमाभित्र ब्रेक्जिट टुंगो लगाउन नसकेपछि मेलाई आफ्नै पार्टीका सांसदहरुले राजिनामा दिन दवाव दिएका थिए । उनको ब्रेक्जिट प्रस्ताव संसदमा तीनपटक विफल भएको थियो ।
मध्यावधि निर्वाचन आव्हान गरेकामा पछुतो नभएको पनि उनले बताएकी छन् जुन निर्वाचनमा कन्जरभेटिभले संसदमा वहुमत गुमाएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते