लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले २४ जुलाइमा प्रधानमन्त्री मन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ छाड्ने भएकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नयां नेता २३ जुलाइमा घोषणा भएको भोलिपल्ट मेले प्रधानमन्त्री कार्यालय छाड्ने भएकी हुन् । जेरेमी हन्ट र बोरिस जोन्सनमध्ये एकजना पार्टी नेता र प्रधानमन्त्री हुनेछन् ।
प्रधानमन्त्रीका रुपमा बीबीसीलाई दिएको अन्तिम अन्तर्वार्तामा मेले पद छाड्ने बेला गर्व र निरासा दुवै भएको बताइन् । आफ्नो कार्यकालको एउटा प्रमुख मुद्दा ‘ब्रेक्जिट’ पार नलागेकामा आफू विक्षिप्त भएको बताउंदै उनले चाहे भन्दा छिटो पद त्याग्नुपर्ने अवस्था आएपनि आफू त्यो पदका लागि सही व्यक्ति भएको र आफूले गरेको काममा ज्यादै गर्व लाग्ने बताएकी छन् ।
२९ मार्चको समयसीमाभित्र ब्रेक्जिट टुंगो लगाउन नसकेपछि मेलाई आफ्नै पार्टीका सांसदहरुले राजिनामा दिन दवाव दिएका थिए । उनको ब्रेक्जिट प्रस्ताव संसदमा तीनपटक विफल भएको थियो ।
मध्यावधि निर्वाचन आव्हान गरेकामा पछुतो नभएको पनि उनले बताएकी छन् जुन निर्वाचनमा कन्जरभेटिभले संसदमा वहुमत गुमाएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक