
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । शाखाले नेपालबाट आएका अग्रज पत्रकारसमेतको उपस्थितिमा ‘नेपाली मिडियामा गैरआवासीय नेपालीहरुको उपस्थिति कसरी प्रभावकारी बनाउने सकिन्छ’ भन्ने विषयमा अन्तरसंवाद गर्न लागेको हो । नेपालबाट आएका पत्रकारको सहभागितामा शाखाले आयोजना गर्ने उक्त कार्यक्रममा बेलायतस्थित अगुवाहरुले प्रवासको विषयबस्तुमा सिधा अन्तरसंवाद गर्नेछन् ।
सो कार्यक्रममा प्रेस काउन्सिलका सदस्य खिलवहादुर भण्डारी, अनलाइन खबर डटकमका समाचार सम्पादक मातृका पौडेल र प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य सहभागी हुने निश्चित भएको छ ।
कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको सहभागिताले प्रबासी नेपालीका राम्रा काम तथा समस्या नेपाली ‘मेन स्ट्रिम’ मिडियामा उठाउने बातावरण बन्ने कार्यक्रम संयोजक श्याम लुइँटेलले जनाए ।
संयोजक लुइँटेलले आउँदो शनिबार, २२ जुन ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने उक्त अन्तरसंवाद कार्यक्रममा महासंघ यूके शाखाका सल्लाहकार, सभासद्, कार्यसमितिका सदस्यलाई सहभागिताका लागि आग्रह गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते