
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । शाखाले नेपालबाट आएका अग्रज पत्रकारसमेतको उपस्थितिमा ‘नेपाली मिडियामा गैरआवासीय नेपालीहरुको उपस्थिति कसरी प्रभावकारी बनाउने सकिन्छ’ भन्ने विषयमा अन्तरसंवाद गर्न लागेको हो । नेपालबाट आएका पत्रकारको सहभागितामा शाखाले आयोजना गर्ने उक्त कार्यक्रममा बेलायतस्थित अगुवाहरुले प्रवासको विषयबस्तुमा सिधा अन्तरसंवाद गर्नेछन् ।
सो कार्यक्रममा प्रेस काउन्सिलका सदस्य खिलवहादुर भण्डारी, अनलाइन खबर डटकमका समाचार सम्पादक मातृका पौडेल र प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य सहभागी हुने निश्चित भएको छ ।
कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको सहभागिताले प्रबासी नेपालीका राम्रा काम तथा समस्या नेपाली ‘मेन स्ट्रिम’ मिडियामा उठाउने बातावरण बन्ने कार्यक्रम संयोजक श्याम लुइँटेलले जनाए ।
संयोजक लुइँटेलले आउँदो शनिबार, २२ जुन ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने उक्त अन्तरसंवाद कार्यक्रममा महासंघ यूके शाखाका सल्लाहकार, सभासद्, कार्यसमितिका सदस्यलाई सहभागिताका लागि आग्रह गरेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने