लन्डन । गैर आवासीय नेपाली संघ युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाट नागरिक अभिनन्दन गरेको छ ।
मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा उक्त अभिनन्दन पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरियो।सो कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्राउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गर्नुभयो । उपाध्यक्ष आचार्यले ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसंग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गर्नुभयो ।
एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका समस्या समाधान गर्न बेलायत सरकारसंग उच्चस्तरीय वार्ता टोली बनाउन पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उहाँहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गर्नुभयो।
त्यस्तै उहाँले गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो। उहाँले ‘भिजिट नेपाल इएर २०२०’ को प्रवर्द्धन गर्न जति सक्दो चांडो नेपाल वायु सेवा निगमको लन्डन–काठमाडौँ सिधा उडानको व्यवस्था मिलाउन पनि माग गर्नुभयो ।
भेटघाट कार्यक्रममा एनआरएन युकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आइसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सरांगकोटी, संगीता मरहट्टा लगायतको सहभागिता थियो ।
उक्त समारोहमा एनआरएन युकेले प्रधानमन्त्रीलगायत भ्रमण टोलीका सम्पूर्ण सदस्यहरुलाई मायाको चिनो स्वरुप एनआरएन युकेको ब्याच लगाइदिएको थियो ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर