लन्डन । ब्रिटेनको केयर क्वालिटी कमिशनले ग्रीनवीच बेक्स्लीमा रहेको ‘होम इन्सटेड सिनियर केयर’ लाई लन्डनका दुईओटा बरोहरुमध्ये सर्वोत्कृष्ट सेवा प्रदायकको रुपमा सूचिकृत गरेको छ ।
कमिशनले मार्च २०१९ मा गरेको निरीक्षणपछि उक्त कम्पनीले पुरयाएको सेवा वृद्धवृद्धाहरुकालागि सुरक्षित र प्रभावकारी रहेको पाइएको जनाएको छ । त्यहाँ दिइएको सेवा निकै मानवीय र आवश्यकतामा आधारित रहेको उसले बताएको छ ।
बेलायतस्थित चिरपरिचित गुल्मेली समाजसेवी एवं व्यवसायी फत्त थापाले सञ्चालन गरेको उक्त केयर होम ‘इन्सटेड सिनियर केयर’ ले वृद्धवृद्धाहरुलाई उनीहरुकै घरमा व्यक्तिगत स्याहार, साथ र घरायसी मद्दत पनि प्रदान गर्ने गरेको छ । निरीक्षकहरुले सो कम्पनीले दिई रहेको सेवाले वृद्धवृद्धाहरुलाई आफ्नो जीवनका अत्यधिक सम्भावनाहरु प्राप्त गर्न सघाउ पुगेको बताए ।
एडल्ट सोसल केयरकी उप प्रमुख निरीक्षक डेबि इभानोभाले भनिन्, ‘होम इन्सटेड समूहले घरमै गएर ज्येष्ठ नागरिकहरुलाई पुरयाएको सेवा सांच्चिकै सह्राहनीय छ । खास गरी सेवाग्राहीहरु सेवाबाट सन्तुष्ट र खुशी भएको देख्दा हामी पनि खुशी छौं ।’
होम इन्सटेड सिनियर केयरका संचालकद्वय फत्त थापा तथा सोनिया थापालाई हालै ब्रिटिश महारानीले ग्रिष्मकालिन चिया पार्टीमा निम्तो गरेकी थिइन् ।

जीवनसंगिनी सोनियाका साथ सञ्चालक फत्त थापा गत साता बेलायती राजदरबारमा आयोजित क्वीन्स् गार्डेन टी पार्टीमा ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग