लन्डन । ब्रिटेनको केयर क्वालिटी कमिशनले ग्रीनवीच बेक्स्लीमा रहेको ‘होम इन्सटेड सिनियर केयर’ लाई लन्डनका दुईओटा बरोहरुमध्ये सर्वोत्कृष्ट सेवा प्रदायकको रुपमा सूचिकृत गरेको छ ।
कमिशनले मार्च २०१९ मा गरेको निरीक्षणपछि उक्त कम्पनीले पुरयाएको सेवा वृद्धवृद्धाहरुकालागि सुरक्षित र प्रभावकारी रहेको पाइएको जनाएको छ । त्यहाँ दिइएको सेवा निकै मानवीय र आवश्यकतामा आधारित रहेको उसले बताएको छ ।
बेलायतस्थित चिरपरिचित गुल्मेली समाजसेवी एवं व्यवसायी फत्त थापाले सञ्चालन गरेको उक्त केयर होम ‘इन्सटेड सिनियर केयर’ ले वृद्धवृद्धाहरुलाई उनीहरुकै घरमा व्यक्तिगत स्याहार, साथ र घरायसी मद्दत पनि प्रदान गर्ने गरेको छ । निरीक्षकहरुले सो कम्पनीले दिई रहेको सेवाले वृद्धवृद्धाहरुलाई आफ्नो जीवनका अत्यधिक सम्भावनाहरु प्राप्त गर्न सघाउ पुगेको बताए ।
एडल्ट सोसल केयरकी उप प्रमुख निरीक्षक डेबि इभानोभाले भनिन्, ‘होम इन्सटेड समूहले घरमै गएर ज्येष्ठ नागरिकहरुलाई पुरयाएको सेवा सांच्चिकै सह्राहनीय छ । खास गरी सेवाग्राहीहरु सेवाबाट सन्तुष्ट र खुशी भएको देख्दा हामी पनि खुशी छौं ।’
होम इन्सटेड सिनियर केयरका संचालकद्वय फत्त थापा तथा सोनिया थापालाई हालै ब्रिटिश महारानीले ग्रिष्मकालिन चिया पार्टीमा निम्तो गरेकी थिइन् ।

जीवनसंगिनी सोनियाका साथ सञ्चालक फत्त थापा गत साता बेलायती राजदरबारमा आयोजित क्वीन्स् गार्डेन टी पार्टीमा ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते