काठमाडौं। दुई दिनभित्र दोस्रो पटक केन्यासँग पराजित भएपछि नेपाल आइसिसी डिभिजन टु लिग क्रिकेट प्रतियोगितामा चौथो भएको छ। नामिबियामा शनिबार तेस्रो स्थानका लागि भएको प्ले अफको खेलमा केन्यासँग नेपाल १५ रनले पराजित भएको हो। शुक्रबार केन्यासँग ५ विकेटले पराजित हुँदा नेपाल डिभिजन वानमा उक्लन असफल भएको थियो।
टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो। केन्याका लागि नेल्सन मन्डेला ओढिअम्बोले ४८ र नरेन्द्र पटेलले ४४ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले तीन, सागर पुनले २ र शक्ति गौचन र भुवन कार्कीले १-१ विकेट लिएका थिए।
प्रतिउत्तर व्याटिङ गरेको नेपाल ४७ ओभरमा १ सय ९३ रनमा अल आउट भयो। नेपालका लागि बिनोद भण्डारीले ७३ रनको योगदान गरे । भण्डारीले चौथो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय ७ रनको साझेदारी गर्दै जीतका लागि आधार तयार पारेका थिए। मल्लले ४८ रन बनाए। तर, पुच्छारका ब्याट्सम्यानले खेल जिताउन सकेनन्। भेषवाकरले २४ रनको योगदान गरे।
प्रतियोगिताको उपाधि भने नेदरल्यान्डले जितेको छ। नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्यान्डले उपाधि जितेको हो। नेपालका कप्तान पारस खड्का प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ