लन्डन । नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका मिलन नेवार र गायक एवं संगीतकार राजनराज शिवाकोटीले बेलायतमा सांगीतिक प्रस्तुति दिने भएका छन् । गायक शिवाकोटीको कुटुमा कुटु, सुर्के थैली, पूर्व पश्चिम रेल, गोजीमा दाम छैन् साथै गायिका मिलनको गाला रातै, बट स्लोली, सिरिमा सिरी… लगायत कयौं गीत हिट छन् ।
उक्त ‘मिरा सांगीतिक सांझ’ शहीद स्मृति आवासीय माध्यमिक विद्यालय सुनसरीका द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ हुने भएको हो । मिलन च्यारिटी फाउन्डेसन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतको संयुक्त आयोजनामा कार्यक्रम ३० मार्चमा अल्डरसटको द प्लेस रेष्टुरेन्ट स्टेशन रोड, ३१ मार्चमा गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारो, ६ अप्रिलमा आसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रेडिङ रोड शहरमा हुने गायिका नेवारले बताइन् । गोल्डेनसीपको कार्यक्रम भने निशुल्क हुने सञ्चालक देव गुरुङले जनाएका छन् ।
शहीद स्मृति आवासीय माध्यमिक विद्यालय २०६६ सालमा स्थापना भइ इटहरीको भवानीपुरमा सञ्चालन भइरहेको छ जहां शहीद तथा बेपत्ता परिवारका ४०० असहाय विद्यार्थीले शिक्षा पाइरहेका छन् । शिवाकोटी र नेवार विद्यालयका सद्भावना दूतसमेत हुन् ।
विद्यालयले शहीद, बेपत्ता तथा घाइते परिवारका बालबालिकालाई जीवन निर्वाहमुखी शिक्षा प्रदान गर्दै
आइरहेको छ ।
उक्त कार्यक्रममार्फत उठेको रकमबाट विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सिमान्तकृत, अल्पसंख्यक तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई पनि शैक्षिक अवसर प्रदान गर्ने लगायतका काम गर्ने उद्देश्य राखिएको छ ।
विशुद्ध पवित्र उद्देश्यका लागि आयोजना गरिएको यस सांगीतिक सांझमा दर्शक तथा स्रोतालाई उत्साहजनक उपस्थितिका लागि मिलनले अनुरोध गरेकी छिन् । गायिका मिलनको यो दोश्रो बेलायत भ्रमण हुनेछ । उनी दर्शक श्रोताको सामिप्यमा आउन निक्कै उत्साहित छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’