लन्डन । एनआरएनए यूकेको कार्यालय सर्ने भएको छ । हाल अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टको एक छेउमा रहेको कार्यालय अन्यत्र सार्ने तयारी भएको हो । उक्त कार्यालय एनआरएनए यूके उपाध्यक्ष एवं भेटघाट रेष्टुरेन्टका सञ्चालक शेरबहादुर सुनारले विगत १८ महिनादेखि निशुल्क उपलव्ध गराएका थिए । मार्च १ देखि नयां ठाउंमा भाडा तिरेर सर्ने कुरा भएपनि सामान सार्न भने अझै बांकी छ ।
आउंदो सेप्टेम्बरमा नयां कार्यसमितिका लागि निर्वाचन हुने तयारी भइरहंदा उक्त ठाउंमा गोपनियता कायम नरहने आशंकाबीच एनआरएनए यूकेले अफिस सार्ने निर्णय बैठकमै गरेको थियो । कार्यालय उपलब्ध गराउने सुनार आगामी निर्वाचनमा अध्यक्ष पदका बलियो दावेदार हुन् ।
‘मैले त अहिले देखि नै ८/९ सय पाउण्ड बाहिर किन खर्च गर्ने बरु घोषणासभापछि सारे हुन्छ भन्दा उहांहरु मान्नु भएन’, उपाध्यक्ष सुनारले भने, ‘यसमा मेरो कुनै आपत्ति पनि छैन् ।’
एनआरएनए यूकेमा १० हजार सदस्यता बनाउन संयोजकको जिम्मेवारी लिएका सुनारले सदस्यता विस्तार कार्य मार्च महिनासम्म तीव्र पारिने जानकारी दिए । सुनार दश हजार सदस्यता सजिलै बनाउन सकिनेमा विश्वस्त छन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?