लण्डन । बेलायतमा बसोबास गर्ने एक नेपालीलाई एक बालिकालाई बलात्कार तथा यौनजन्य दुर्व्यहार गरेकोमा दोषी पाइएपछि ९ वर्षको जेल सजाय सुनाइएको छ।
बार्न्सलीमा बसोबास गर्ने ४५ वर्षीय दिलबहादुर रायमाझीले तीन वर्षको अवधिमा ती १३ वर्षीया बालिकामाथि त्यस्तो दुर्व्यवहार गरेको अदालतले जनाएको छ । ती बालिकाले आफ्नो विद्यालयकी सुपरिवेक्षकलाई जानकारी दिएपछि उनले प्रहरीलाई सूचित गरेकी थिइन् । एप्रिल २०१७ मा प्रहरीले छानबीन थालेको थियो ।
द स्टार समाचारपत्रका अनुसार, रायमाझीले आफुमाथि लगाइएका आरोपहरु अस्वीकार गरेका थिए ।
ब्रिटिश प्रहरीकी डिटेक्टिभ कनस्टेबल एलिनर ड्युकले ती बालिकाको साहसको प्रशंसा गरेकी छिन् । ती बालिका र रायमाझीबीच कस्तो नाता थियो भन्नेबारे चाहिं समाचारमा केही खुलाइएको छैन् ।
रायमाझीको स्थायी घर गुल्मी कुर्घा उदीका भएको बताइएको छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख