लण्डन । बेलायतमा बसोबास गर्ने एक नेपालीलाई एक बालिकालाई बलात्कार तथा यौनजन्य दुर्व्यहार गरेकोमा दोषी पाइएपछि ९ वर्षको जेल सजाय सुनाइएको छ।
बार्न्सलीमा बसोबास गर्ने ४५ वर्षीय दिलबहादुर रायमाझीले तीन वर्षको अवधिमा ती १३ वर्षीया बालिकामाथि त्यस्तो दुर्व्यवहार गरेको अदालतले जनाएको छ । ती बालिकाले आफ्नो विद्यालयकी सुपरिवेक्षकलाई जानकारी दिएपछि उनले प्रहरीलाई सूचित गरेकी थिइन् । एप्रिल २०१७ मा प्रहरीले छानबीन थालेको थियो ।
द स्टार समाचारपत्रका अनुसार, रायमाझीले आफुमाथि लगाइएका आरोपहरु अस्वीकार गरेका थिए ।
ब्रिटिश प्रहरीकी डिटेक्टिभ कनस्टेबल एलिनर ड्युकले ती बालिकाको साहसको प्रशंसा गरेकी छिन् । ती बालिका र रायमाझीबीच कस्तो नाता थियो भन्नेबारे चाहिं समाचारमा केही खुलाइएको छैन् ।
रायमाझीको स्थायी घर गुल्मी कुर्घा उदीका भएको बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते