लण्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्वाचित भएका छन् । आइतबार डिसेम्वर १६ मा अल्डरसटको एम्पायर हलमा सम्पन्न सोसाइटीको ७ औँ अधिवेशन तथा साधारणसभाले आलेको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विनोद पुरी, एकबहादुर पुन र सन्जीव गुरुङ, महासचिवमा भरत पौड्याल, सह-सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरज पौडेल र सह-कोषाध्यक्षमा बासुदेव पौडेल चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा हिमलाल भट्टाराई, अप्सरा गुरुङ, धुव्र दत्त, सञ्जय भण्डारी, बाबुराम भुषाल, अंग गर्बुजा, गंगा खोर्जा, यामवहादुर थापा, भिम पुर्जा, मेखबहादुर पुन र नारायण गिरी चयन भएको सोसाइटीले जनाएको छ ।
निबर्तमान अध्यक्ष दधि आचार्यको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवम् संस्थापक अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरान गिरी, सल्लाहकार एवं पूर्व अध्यक्ष नरजंग गुरुङ, सल्लाहकार तथा तमुधि यूकेका अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार तथा पोखेरली मन्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, सल्लाहकार एवम् चारभञ्जाङ तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुङ, सल्लाहकार एवं पैयुखोला मगर समाजका अध्यक्ष धनवहादुर थापा, पर्वत समाज हङकङका उपाध्याक्ष भिमवहादुर गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम सफलताको लागि गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, पर्वत समाज बेल्जियमका अध्यक्ष तथा अन्तरराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष झलक केसी, अन्तरराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्मा, पर्वत समाज जापानका अध्यक्ष तथा अन्तराष्ट्रिय पर्वत समाजका सचिव सुजन जोशी, पर्वत समाज हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नरवहादुर रोका लगायतले शुभकामना सन्देश पठाएका थिए ।
कार्यक्रममा हालै तमुधि यूकेमा निर्वाचित उपाध्यक्ष हितकाजी गुरुङ, सदस्यमा निर्वाचित युवन गुरुङ, हङकङवाट आएका भिम गुरुङ र नेपालवाट आएका डिल्लीराम शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महासचिव भरत पौड्यालले संस्थाले २ वर्षमा गरेका कामबारे जानकारी गराए भने कोषाध्यक्ष नेत्र आलेले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।
कार्यक्रममा पर्वत वेलफेर सोसाइटी यूकेका निर्वतमान अध्यक्ष दधि आचार्यले संस्थाले हालसम्म गरेका सामाजिक कार्यमाथि प्रकाश पार्दै दुई बर्षे कार्यकालमा सहयोग गर्ने कार्यसमिति सदस्य, सल्लाहकार, सम्पूर्ण वेलायतवासी पर्वते एवं संघसंस्थालाई धन्यवाद दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष रसबहादुर गुरुङ, सल्लाहकार नारायणप्रसाद गुरुङ, हरिकुमार गुरुङ, हिरासिँह गुरुङ, रामसिँह घले र चित्रवहादुर गुरुङ लगायत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा निर्वतमान उपाध्याक्ष एक पुनले स्वागत र कार्यक्रम संचालन महासचिव भरत पौडेलले गरेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न