लण्डन । चर्चित बलिउड कलाकार सन्नी लियोनले नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेकी छन् ।
सन्नी लियोन र अन्य कलाकारहरु सहभागी गीतको छायांकन दुई दिन लगाएर गत साता लण्डनको किङस्टनस्थित प्रिज्म नाइटक्लबमा गरिएको थियो ।
३ वटा क्लब र ९ वटा बार रहेको प्रिज्ममा संसारकै चर्चित डिजे तथा कलाकारहरुले कार्यक्रम गर्ने गरेका छन् ।
सनीले विक्रम जोशीले रचना गरेको तथा अर्जुन पोख्रेलले संगीतबद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी थिइन् । चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै आएर नृत्य निर्देशन गरेका थिए ।
“नेपाली चलचित्र पासवर्डको नृत्य सिक्वेन्समा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ,” शुटिङ सकेर मुम्बइ फर्कनुअघि लियोनले भनिन्- “मलाई नेपाल निकै मन पर्दछ र मलाई विश्वास छ नेपाली दर्शकहरुले यो चलचित्र मन पराउनुहुनेछ ।”
कलाकारको पारिश्रमिक तथा अन्य खर्च जोड्दा लण्डनमा छायांकन गरिएको सो गीत नेपाली चलचित्रकै अहिलेसम्मकै सबैभन्दा खर्चिलो गीत भएको सूत्रहरुले जनाएका छन् ।
चलचित्रका एकजना नायक तथा सह-निर्माता विक्रम जोशीले बेलायतमा चलचित्रको शुटिङ सकिएको र यही डिसेम्बर महिनाभित्र पोस्ट प्रोडक्शनको काम सक्ने योजना रहेको बताए । चलचित्र सन् २०१९ मा रिलिज हुने बताइएको छ ।
सिनेम्याक्स लन्डन लिमिटेडसंगको सहकार्यमा बनाउन लागिएको सो पहिलो फिल्ममा चलचित्र ‘ह्याप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् । विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् ।
सस्पेन्स, एक्सन र थ्रीलरले भरिपूर्ण सो फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका छन् । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् ।
झण्डै ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा र अरु नेपालमा गरिएको सो फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटिश फिल्म इन्स्टिच्यूटमा समेत दर्ता गरिएको छ । नेपालबाट आएका २० जना कलाकार तथा प्राविधिकहरुको टोलीले लन्डन, बर्नमाउथ, ससेक्स लगायत ठाउँमा फिल्मको छायांकन गरेको थियो ।
शुरुमा १३ करोड रुपैयांको लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको उक्त फिल्मको कूल निर्माण खर्च ३० करोड पुग्ने दावी निर्माताको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी लागतको नेपाली चलचित्र हुने जानकारहरु बताउँछन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’