लन्डन । घरबाट स्कुल जांदा होस् वा फर्कंदा । गीतसंगीत भनेपछि उनको कान ठाडो भइहाल्थ्यो । रेडियोमा मन पर्ने गीत बज्न थालेपछि खान छाडेर हस्याङफस्याङ गर्दै उनी रेडियो नजिक पुग्थिन् । तनहुं थर्पुकी कला वाल्यकालदेखि नै गायन र मिडियामा अभिरुची राख्थिन् । कला लम्सालको कलाकार बन्ने सपना सानैदेखि थियो । त्यसैले पोखरातिर रेडियोका क्षेत्रीय स्तरका कार्यक्रममा भाग लिन उनी अघि सरिहाल्थिन् । आफ्नो गायनले बिस्तारै उचाईं लिन थालेपछि कलालाई ठूला कार्यक्रममा दर्शकमाझ गीत प्रस्तुत गर्ने रहर जाग्यो । कलाको पहिलो सपना त्यतिबेला पुरा भयो जति बेला उनले बि.स. २०६४ सालतिर भारतको सिक्किमका नेपाली माझ आफ्नो कला प्रदर्शन गरिन् ।
त्यतिबेला सिक्किमका नेपाली दर्शकले ‘वान्स मोर’ भनेपछि उनी खुसीले रोइन् । स्टेज जानुअघि ट्रयाकमा गाउन र धेरै मानिसकाबीच उभिन ‘नर्भस’ हुने डर हराउंदै गयो । उनले भारतकै दिल्लीमा कला प्रस्तुत गरिन् । त्यसपछि उनको परिचय फेरिन थाल्यो । रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र र एफएममा गएर गीत गाउने कला लम्साल अब राष्ट्रिय कलाकारको रुपमा परिचित भएकी छन् ।
२०६२ सालदेखि गायनको औपचारिक सुरुवात गरेकी कलाले २०६५ मा गायक खुमन अधिकारीसंग ‘मन पाए खुशी हुन्थें म’ एम्बम निकालिन् । त्यतिमै सिमित रहेन उनको सक्रियता । उनका त्यसयता नाकै हेर्दा थाहा हुने, छड्के तिलहरी, फूलको डाली, दही जमाउने ठेकी, बनैमा फुल्यो चमेली, महारानी लगायत एल्बम प्रकाशित भइसकेका छन् । कलाले नेपाल प्रहरी क्लबमा कलाकारको रुपमा केही वर्ष काम गरिन् । उनले प्रहरी गीत लेखन र गाएकी पनि छन् ।
गीत संगीतमा रमाउन थालेकी कला लम्साललाई विश्वभर छरिएका नेपाली माझ पनि आफ्नो गायन प्रस्तुत गर्ने इच्छा जाग्यो । त्यो इच्छालाई मुर्तरुप दिने काम विदेशमा बस्ने नेपालीले गर्न थाले । उनका गीत मन पराएर विदेशमा गीत प्रस्तुत गर्ने निमन्त्रणा पनि आउन थाले । त्यसपछि कला भित्रको कला भारत हुंदै दुबइ, रसिया र बेलायतसम्म आइपुग्यो ।
शान्ति नेपाली समाजको निमन्त्रणमा बेलायत आएकी कला लम्साल यहां आफ्नो कलाको जादु देखाउंदैछिन् । उनले बेलायतको बर्मिङहम, नटिङहम, लेस्टर, अल्डरसट, लन्डनका हयारो, साउथहल, नर्थहोल्ट, उलवीच आदि शहरमा आफ्नो कला देखाइसकिन् ।
‘बेलायतका नेपाली दर्शकले औधी माया गरिदिएर खुब उत्साहित छु’, कलाले भनिन्, ‘प्रवासमा समेत लोक गायन र कला संस्कृतिप्रति नेपालीको लगाव देखेर म प्रभावित भएं ।’
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न