लन्डन । घरबाट स्कुल जांदा होस् वा फर्कंदा । गीतसंगीत भनेपछि उनको कान ठाडो भइहाल्थ्यो । रेडियोमा मन पर्ने गीत बज्न थालेपछि खान छाडेर हस्याङफस्याङ गर्दै उनी रेडियो नजिक पुग्थिन् । तनहुं थर्पुकी कला वाल्यकालदेखि नै गायन र मिडियामा अभिरुची राख्थिन् । कला लम्सालको कलाकार बन्ने सपना सानैदेखि थियो । त्यसैले पोखरातिर रेडियोका क्षेत्रीय स्तरका कार्यक्रममा भाग लिन उनी अघि सरिहाल्थिन् । आफ्नो गायनले बिस्तारै उचाईं लिन थालेपछि कलालाई ठूला कार्यक्रममा दर्शकमाझ गीत प्रस्तुत गर्ने रहर जाग्यो । कलाको पहिलो सपना त्यतिबेला पुरा भयो जति बेला उनले बि.स. २०६४ सालतिर भारतको सिक्किमका नेपाली माझ आफ्नो कला प्रदर्शन गरिन् ।
त्यतिबेला सिक्किमका नेपाली दर्शकले ‘वान्स मोर’ भनेपछि उनी खुसीले रोइन् । स्टेज जानुअघि ट्रयाकमा गाउन र धेरै मानिसकाबीच उभिन ‘नर्भस’ हुने डर हराउंदै गयो । उनले भारतकै दिल्लीमा कला प्रस्तुत गरिन् । त्यसपछि उनको परिचय फेरिन थाल्यो । रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र र एफएममा गएर गीत गाउने कला लम्साल अब राष्ट्रिय कलाकारको रुपमा परिचित भएकी छन् ।
२०६२ सालदेखि गायनको औपचारिक सुरुवात गरेकी कलाले २०६५ मा गायक खुमन अधिकारीसंग ‘मन पाए खुशी हुन्थें म’ एम्बम निकालिन् । त्यतिमै सिमित रहेन उनको सक्रियता । उनका त्यसयता नाकै हेर्दा थाहा हुने, छड्के तिलहरी, फूलको डाली, दही जमाउने ठेकी, बनैमा फुल्यो चमेली, महारानी लगायत एल्बम प्रकाशित भइसकेका छन् । कलाले नेपाल प्रहरी क्लबमा कलाकारको रुपमा केही वर्ष काम गरिन् । उनले प्रहरी गीत लेखन र गाएकी पनि छन् ।
गीत संगीतमा रमाउन थालेकी कला लम्साललाई विश्वभर छरिएका नेपाली माझ पनि आफ्नो गायन प्रस्तुत गर्ने इच्छा जाग्यो । त्यो इच्छालाई मुर्तरुप दिने काम विदेशमा बस्ने नेपालीले गर्न थाले । उनका गीत मन पराएर विदेशमा गीत प्रस्तुत गर्ने निमन्त्रणा पनि आउन थाले । त्यसपछि कला भित्रको कला भारत हुंदै दुबइ, रसिया र बेलायतसम्म आइपुग्यो ।
शान्ति नेपाली समाजको निमन्त्रणमा बेलायत आएकी कला लम्साल यहां आफ्नो कलाको जादु देखाउंदैछिन् । उनले बेलायतको बर्मिङहम, नटिङहम, लेस्टर, अल्डरसट, लन्डनका हयारो, साउथहल, नर्थहोल्ट, उलवीच आदि शहरमा आफ्नो कला देखाइसकिन् ।
‘बेलायतका नेपाली दर्शकले औधी माया गरिदिएर खुब उत्साहित छु’, कलाले भनिन्, ‘प्रवासमा समेत लोक गायन र कला संस्कृतिप्रति नेपालीको लगाव देखेर म प्रभावित भएं ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा