लण्डन । भनिन्छ सुन्दरताको कुनै मापदण्ड हुँदैन । न त त्यसलाई नाप्ने कुनै यन्त्र नै । तर पनि विश्वमा यस्ता कयौं प्रतियोगीताहरु हुँदै आइरहेका छन् । यसै साता बेलायती नेपाली समुदायमाझ त्यस्तै एक प्रतियोगिता सम्पन्न भएको छ ।
लण्डनस्थित ह्यारो फुटबल क्लबमा बुधबार आयोजित उक्त प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई पछि पार्दै ह्यारो निवासी डेन्टल नर्सिङ पेशामा आवद्ध बिनु लामिछानेले दोस्रो मिसेस नेपाल यूके २०१८ को ताज जित्न सफल भइन् । साथै पब्लिक च्वाइसको उपाधि पनि उनकै पोल्टोमा पर्यो । विजेताले सुनको गहना, होलिडे प्याकेज लगायतका गिफ्ट ह्याम्पर पाइन् ।
त्यस्तै फष्ट रनर अप बन्दना केसी, सेकेण्ड रनरअप सबिना श्रेष्ठ थापा र सबु सेन्चुरी छानिएका छन् । साथै सब टाईटल विजेताहरुमा ब्यूटी फर चेन्ज सुनिता श्रेष्ठ, ट्यालेन्ट निरु कोइराला, वेष्ट शेफ सबु सेन्चुरी, फोटोजेनिक रिमा कंडेल, वेष्ट कस्ट्युम ज्योती गुरुङ, वेष्ट स्माइल मुना राउत, वेष्ट क्याटवक सन्तोसी कार्की, वेष्ट फिगर स्वस्तिका लोहनी र पर्सनालिटी सबिना श्रेष्ठ थापा भए ।
प्रतियोगिताको निर्णायकमा गायिका सितु खरेल, संचारकर्मी तथा म्युजिक भिडियो निर्देशक कुशल श्रेष्ठ, चिकित्सा व्यवसायी डा. रजनी रिजाल, समाजसेवी रोजिना प्रधान राई र सौन्दर्यकर्मी श्वेता हुसेन थिए ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरद राज आरन प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योग कुमार फगामी, एनआरएनए यूके पूर्वउपाध्यक्ष हिराधन राइ, पासा पुच गुठी यूकेका अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रम सल्लाहकार शिवजी श्रेष्ठ, डा. कपिल रिजाल लगायतले विजेतालाई गिफ्ट ह्याम्परहरु प्रदान गरेका थिए ।
विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्साउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक तथा मिसेस नेपाल युनिभर्स २०१८ विजेता मनिषा डंगोल श्रेष्ठले बताइन् । व्यस्त प्रवासी जीवनकाबीच प्रतिस्पर्धीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रममा थप रौनकता थपिएको र सफल भएको श्रेष्ठको भनाइ छ ।
त्यस्तै कार्यक्रममा पहिलो मिसेस नेपाल यूके २०१७ तथा कार्यक्रम संयोजक आस्था जोशी बटाजुले ताज जिते पश्चात आफूले पाएको विभिन्न अवसर र नेपाली समुदायबाट मिलेको सद्भाव प्रति धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा लण्डन फेशन हाउसद्वारा प्रकाशित त्रैमासिक अंग्रेजी म्यागेजीन समेत विमोचन गरिएको थियो ।
कार्यक्रम संचालन विभोर ढकाल र सुस्मीता थापाले गरेका थिए ।
तस्बिर युद्ध पुन
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा