लण्डन । दशैँ – तिहारको पावन उपलक्षमा गायिका मिलन नेवारद्वारा स्वरबद्ध सांगीतिक कोसेली हालै नयाँ भिडियोको रुपमा लोकार्पित भएको छ । ‘दशैँ -तिहार’ नामक उक्त गीतको लेखन तथा संगीत डुकुना नेवारले गरेकी हुन् भने संगीत ब्यबस्थापन बि बि अनुरागी र मिक्सिंग श्यामस्वेत रसाइलीको हो ।
उक्त गीतको जीबी लामाले उपत्यकाको विभिन्न ठाउँमा छायांकन गरेका छन् । साथै निर्देशन राजेश पुमा राई र सम्पादन बिकास दाहालले गरेका छन् । उक्त म्युजिक भिडियोमा मिलन आँफै मोडेलको रुपमा देखा परेकी छिन् भने प्रविन केसीले साथ दिएका छन् ।
उक्त सांगीतिक भिडियो आफ्नो सांगीतिक प्रेरणाको श्रोत ठुलीआमा डुकुना नेवार र सम्पूर्ण दर्शक श्रोताहरुको लागि दशैँ – तिहारको शुभकामना कोशेलीको स्वरुप तयार गरिएको गायिका मिलन बताउंछिन् ।
गाला रातै…. स्लोली स्लोली….जहिलेसम्म संसारमा….जस्ता अनेक चर्चित गीतकी गायिका नेवारका विभिन्न १२ भाषाका हजारभन्दा बढी गीत ‘हिट’ छन् । उनले राष्ट्रपतिद्वारा प्रदान नातिकाजी अवार्ड देखि इंडिया लगायत देशमा समेत दर्जनौ बिबिध रास्ट्रिय पुरस्कार/सम्मान प्राप्त गरेकी छिन् ।
गीतको लिंक-
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो