लन्डन । गैर आवासीय नेपाली संघले बाग्मती शंखमुल घाटमा पार्क निर्माण परियोजना सम्पन्न गरेको छ ।
संघले करिब ३२ रोपनी जग्गामा झण्डै ३ करोड रुपैयां खर्च गरेर पार्क बनाएको हो । एनआरएन डे अर्थात आगामी अक्टोबर ११ का दिन विशेष कार्यक्रमबीच उक्त पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको एनआरएनए उपाध्यक्ष एवं पार्क परियोजना संयोजक कुल आचार्यले लन्डनमा जानकारी दिए ।
बाग्मती सफाइ अभियानसंग चार वर्षअघि एक एमओयू गरेर पार्क निर्माण शुरु गरिएको थियो । शुरुमा एक करोड ६२
लाख रुपैयां लागतमा निर्माण गर्न ठेक्का दिइएपनि भूकम्प, डिजाइन परिवर्तन, ढिलाइ आदि कारणले लागत बढेको आचार्यले बताए । स्पेनमा भएको युरोपेली सम्मेलनमा आचार्यले शंखमुल पार्क बनाउन चन्दा आव्हान गरेपछि एउटै कार्यक्रममा एक करोड ४२ लाख रुपैयां उठेको थियो । बांकी रकम चन्दाबाटै संकलन गरिएको हो ।
आचार्यले अहोरात्र खटिने संघका अध्यक्ष भवन भट्ट र सहयोगदाता सबैप्रति आभार व्यक्त गरेका छन् ।
मन्दिरलाई थोरै छुटटयाएर बांकी जग्गामा निर्माण गरिएको उक्त पार्क सांझ हिंडडुल गर्न सबै उमेर समूह र विशेष गरि युगल जोडीलाई समय बिताउन प्रमुख आकर्षण बन्ने विश्वास एनआरएनको छ । पार्कभित्र केटाकेटीका लागि खेल्ने ठाउं पनि छ । स्तुपा, शौचालय र पानी पर्दा ओतमा बस्ने व्यवस्था समेत गरिएको आचार्यले बताए । ‘आफूले थालेको प्रोजेक्ट सकिंदा खुशी छु’, लन्डनका एकजना सफल व्यवसायी आचार्यले भने, ‘नेपाल सरकारले नागरिकता निरन्तरताको व्यवस्था गरेर मातृभूमिसंग जोडिइराख्ने वातावरण बनाइदिए हामी विदेश बस्ने नेपालीले जन्मभूमिलाई नै हो माया गर्ने ।’
संघले पार्कसहित आफ्नो केन्द्रिय भवन र लाप्राक वस्तीलाई मेघा प्रोजेक्टका रुपमा काम गरिरहेको थियो । भवन निर्माण पनि अन्तिम चरणमा छ । तर, धेरैले अपेक्षा गरिरहेको लाप्राक वस्ती निर्माण भने अझै ५० प्रतिशत जति बांकी रहेको केन्द्रिय उपाध्यक्ष आचार्यले जानकारी दिए । ‘भूकम्प आएको दिन बैशाख १२ मै हस्तान्तरण गर्ने हिसाबले काम भइरहेको छ, आशा छ हामी सफल हुनेछौं’, आचार्यको विश्वास छ ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने