काठमाडौँ, १८ असोज – भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।
एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।
नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउनुभयो । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।
भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आउनुभएको छ । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नुहुनेछ । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?