
काठमाडौँ, ६ असोज । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितको कथा सुनेर भावुक बनेका छन् ।
विसं २०७२ को भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् । ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमूलक भेट भयो’ उहाँले भन्नुभयो ।
नेपालको एकसाता भ्रमणका लागि गत सोमबार काठमाडौँ आइपुगेका गेथिन्सले शनिबार ‘भाग्यले बाँचेकाहरु’ का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए ।
काठमाडौँको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुवै खुट्टा गुमाएका थिए । यसैगरी, काठमाडौँ काभ्रेस्थलमा डेरा गरी बसेका घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन् ।
गणेश पाण्डे निर्देशित ‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउण्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई आज काठमाडौँमा सम्मान गरिएको थियो ।
सांसद गेथिन्सकै पहलमा गतवर्ष भूकम्पको दोस्रो वार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसद्मा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसद्मा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय हो ।
नेपालका भूकम्पपीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ ।’, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भन्नुभयो, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’
२०७२ सालको भूकम्पको कथामा बनेको भाग्यले बाँचेकाहरुले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।
यो बेलायतको संसदमा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै