लन्डन । यो वर्ष मिस यूके नेपाल प्रतियोगिता नहुने भएको छ । आर्थिक अभाव र प्रतियोगी पाउन धौ धौ भएपछि आयोजक इभेन्ट एण्ड आइडियाज प्रतियोगिताको सातौं संस्करण नगर्ने निचोडमा पुगेको हो । ‘यो पटक हामीले प्रतियोगिता गर्न सकेनौं’- इभेन्ट एण्ड आइडियाजकी संस्थापक निर्देशक शान्ति गुरुङले वीनेपालीसंग भनिन्, ‘भाग लिने सुन्दरी पाउनै मुश्किल भयो । अनि आर्थिक अभाव पनि भएर यस वर्ष नगर्ने निर्णय गरेका छौं ।’
अर्को वर्ष भने प्रतियोगिता नियमित गरिने गुरुङले बताइन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतियोगिता यसअघि २०१३ र ०१५ मा पनि स्थगित भएको थियो । बेलायतमा रहेका युवतीहरुको प्रतिभा उजागर गरि उनीहरुलाई राम्रो ‘प्लेटफर्म’ उपलव्ध गराउने उद्देश्यले गरिंदै आएको उक्त प्रतियोगिताका विजेताले राम्रो ‘एक्सपोजर’ पाउंछन् । विगत वर्षमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, नायिका प्रियंका कार्की कोरियोग्राफर थिए जसबाट सुन्दरीहरुले व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिका ‘टिप्स’ सिकेका थिए ।
मिस यूके नेपाल टिमले वर्षेनी नेपालका लागि च्यारिटी पनि गर्दै आएको छ ।
गत वर्षकी मिस यूके नेपाल सिर्जना गुरुङ हुन् ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]