लन्डन । यो वर्ष मिस यूके नेपाल प्रतियोगिता नहुने भएको छ । आर्थिक अभाव र प्रतियोगी पाउन धौ धौ भएपछि आयोजक इभेन्ट एण्ड आइडियाज प्रतियोगिताको सातौं संस्करण नगर्ने निचोडमा पुगेको हो । ‘यो पटक हामीले प्रतियोगिता गर्न सकेनौं’- इभेन्ट एण्ड आइडियाजकी संस्थापक निर्देशक शान्ति गुरुङले वीनेपालीसंग भनिन्, ‘भाग लिने सुन्दरी पाउनै मुश्किल भयो । अनि आर्थिक अभाव पनि भएर यस वर्ष नगर्ने निर्णय गरेका छौं ।’
अर्को वर्ष भने प्रतियोगिता नियमित गरिने गुरुङले बताइन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतियोगिता यसअघि २०१३ र ०१५ मा पनि स्थगित भएको थियो । बेलायतमा रहेका युवतीहरुको प्रतिभा उजागर गरि उनीहरुलाई राम्रो ‘प्लेटफर्म’ उपलव्ध गराउने उद्देश्यले गरिंदै आएको उक्त प्रतियोगिताका विजेताले राम्रो ‘एक्सपोजर’ पाउंछन् । विगत वर्षमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, नायिका प्रियंका कार्की कोरियोग्राफर थिए जसबाट सुन्दरीहरुले व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिका ‘टिप्स’ सिकेका थिए ।
मिस यूके नेपाल टिमले वर्षेनी नेपालका लागि च्यारिटी पनि गर्दै आएको छ ।
गत वर्षकी मिस यूके नेपाल सिर्जना गुरुङ हुन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा