वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ साउन (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ । यी मूर्ख जनावरहरूलाई कठोर एवम् कडा कारबाही हुनुपर्छ ।”
बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएका प्रत्यक्षदर्शी एवीलीना ओचाबले बताउनुभयो । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।
विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले सबैजनालाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर