वासिङ्टन, संयुक्त राज्य अमेरिका, २९ साउन (रासस-एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ । यी मूर्ख जनावरहरूलाई कठोर एवम् कडा कारबाही हुनुपर्छ ।”
बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएका प्रत्यक्षदर्शी एवीलीना ओचाबले बताउनुभयो । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।
विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले सबैजनालाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश