अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरी इवान्कामाथि ब्रेस्ट इम्प्लान्ट गर्नका लागि दबाब दिने गरेको खुलासा भएको छ । यो कुराको खुलासा हालै प्रकाशित किताब ‘Born Trump- Inside America’s First Family’ मा गरिएको छ ।
किताबकी लेखिका एमिली जेन फक्सले लेखेकी छन्- ‘इवान्का टिनएजदेखि नै मोडल बन्न चाहन्थिन् । यसका लागि उनी हरेक वर्ष ४४ हजार डलर फोटो सुटमा खर्चिने गर्थिन् ।’ किताबमा डोनाल्ड ट्रम्प र उनको परिवारका विषयमा धेरै कुराहरु खुलासा गरिएका छन् ।
किताबमा आफ्नी छोरीको मोडलिङ ‘प्यासन’ देखेर डोनाल्ड ट्रम्प उनलाई ‘इनकरेज’ गर्थे । उनी चाहन्थे इवान्का ब्रेस्ट इम्प्लान्ट गरुन् ताकि यसबाट उनको मोडलिङ करिअरलाई सहयोग मिलोस् । राइटर फक्सले यो दाबी गरेकी छिन् कि जब डोनाल्ड ट्रम्प छोरीमाथि दबाब दिइरहेका थिए तब डोनाल्ड ट्रम्पकी बहिनी मेरियानले ब्रेस्ट इम्प्लान्टले छोरीलाई बर्बाद गरिदिने बताउंथिन् ।
इवान्काका टिनएजका कयौं किस्साहरु आम मानिसहरुको भन्दा अलग थिए । फक्सले लेखेकी छिन् – जब इवान्का वान्र्टन कलेजमा थिइन्, विहान ९ बजे स्टाटिक्स क्लासबाट लुकेर बाहिर निस्कन्थीन् र चुरोट पिउथिन् ।
इवान्काको टिनएजको एक किस्सा अमेरिकामा काफी फेमस छ । जब इवान्का कोएट स्कुल पढ्थिन्, त्यतिबेला उनी एक पार्टीमा गइन् । उक्त पार्टीमा ड्रग्स लिएका कारण उनलाई केही दिन स्कुलमा बन्देज गरिएको थियो । जबकी उक्त पार्टीमा सहभागी भएका बाँकी विद्यार्थीहरुलाई स्कुलले ‘सस्पेण्ड’ गरिदिएको थियो । त्यतिबेला मानिसहरु मान्थे, सायद ट्रम्पकी छोरी भएका कारण उनलाई स्कुलबाट निकाला गरिएन ।
फक्सले किताबमा लेखेकी छन् – जब इवान्का कोएट स्कुलमा पढ्थिन् त्यतिबेला डोनाल्ड ट्रम्पले भनेका थिए- स्कुलमा हेलिप्याड बनाउनु ताकि उनकी छोरी विकेण्डको अवसरमा न्युयोर्क जान सकून् । दैनिक भाष्करबाट भावानुवाद
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता