काठमाडौं, २९ जेठ – पूर्व गोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलता समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरेर गुरुङले आफूले सबै त्याग गरेर २७ वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको इतिहासलाई समाप्त पार्न षड्यन्त्र गरिएको भन्दै सोको डटेर सामना गर्न अब मुकदर्शक बनेर नबस्ने निर्णय गरेको बताउनुभयो ।
‘गेसोको संस्थापक सभापतिको हैसियतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमसहित गोरखा भर्तीले नेपालीको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउन सशक्त नेतृत्व गर्दै अघिबढ्ने निर्णय गरेको छु’- उहाँले भन्नुभयो ।
गेसोको नेतृत्वमा भएको प्रथम चरणको आन्दोलन सफलतापछि दोस्रो चरणको आन्दोलनका रुपमा प्रथम र दोस्रो विश्व युद्धमा मारिएका नेपाली युवाको सम्झना र सम्मानमा स्याङ्जाको साल्मेडाँडामा विशाल गोरखा समाधि निर्माण गर्ने घोषणा गरेको र कुनै प्राविधिक बाधा अड्चन नआए आगामी कात्तिकसम्म प्रथम चरणको निर्माण सम्पन्न हुने जानकारी पनि गुरुङले दिनुभयो ।
“उक्त समाधि नेपाल र बेलायतका प्रधानमन्त्रीज्यूहरुबाट संयुक्तरुपमा उद्घाटन हुने कुराको जानकारी गराउन चाहन्छु”- गुरुङले अगाडि थप्नुभयो । सम्पूर्ण भूपू गोर्खा सैनिक एकजुट भएर आन्दोलन गरेको हुनाले नै विश्वमा चर्चित गोरखा समाधिको परिकल्पना गर्न सकेको भन्दै गुरुङले यस्तो ऐतिहासिक आन्दोलनको सफलताको उपलक्ष्यमा सबै एक ढिक्का भएर अघि बढ्न अनुरोध गर्नुभएको छ ।
‘नेपालले बेलायती साम्राज्यवादीसँग खोज्नु पर्ने हरहिसाब धेरै नै बाँकी छ’- उहाँले भन्नुभयो- ‘यस्तो हिसाब खोज्न सक्ने मजबुत प्रमाणको रुपमा युद्धमा लगेर अन्यायपूर्वक मारिएका हजारौँ पितृको नाममा साल्मेडाँडामा विश्वले छर्लंग देख्न सक्नेगरी नेपालका १९ जातजाति जनजातिको विश्वकै विशाल गोर्खा समाधि निर्माण गरिएको हो ।’

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते