आइपिएल सट्टेबाजीमा संलग्न भएको आरोपमा अरबाज खान शनिबार ठाणे पुलिसको एन्टी एक्सटान्र्स सेल सामुन्ने पेश भए । सोधपुछका क्रममा उनले पछिल्लो ५ वर्षमा सट्टेबाजीमा सामेल भएको स्वीकारेको भारतीय मिडियाहरुले जनाएका छन् ।
उनले पछिल्ला केही वर्षमा सट्टेबाजीमा ३ करोड भारतीय रुपैयाँ हारेको पनि बताएका छन् । उनले बुकीलाई पनि पैसा दिन इन्कार गरिदिएका थिए । जसका कारण अरबाजलाई धम्की आयो । पैसा असुलीका लागि मलाइकालाई पनि फोन आउन थाल्यो ।
सट्टेबाजीसँगै अरु पनि केही कारण थिए, जसले अरबाजलाई बर्बाद गरे ।
१. पछि हटे सलमान
सट्टेबाजीको लतले अरबाजलाई पूरै बर्बाद बनायो । पैसा बढाउने चक्करमा उनी पैसा हार्दै गए । यस कुरालाई लिएर सलमानले पनि धेरै असन्तुष्टी जनाए । अरबाजले आफ्नो बयानमा भनेका छन्- ‘दिवालीको दिन सलमान उनीमाथि हात उठाउने तयारीमा थिए, त्यही बेला उनकी आमा आइन् ।’ सलमान पछि हटेपछि अरबाजको खराब दिन सुरु भए ।
२. फिल्म पाइरहेका थिएनन्
अरबाजले सन् १९९६ मा फिल्म ‘दरार’बाट आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि उनी केही फिल्ममा सलमान खानसँग पनि देखिए । अरबाजले कयौं मल्टी स्टारर फिल्म पनि गरे तर उनको करिअर जम्न सकेन । सन् २००४ को हिट फिल्म ‘हलचल’पछि उनको करिअर फेरि तल झरयो, उनका केही फिल्महरु चले ।
३. प्रोडक्सन हाउस पनि चलेनन्
एक्टिङमा नजमेपछि अरबाजले आफ्नो प्रोडक्सन हाउस खोले । सन् २०१० मा अरबाज खान प्रोडक्सन हाउस सुरु गरेका थिए । यो प्रोडक्सन हाउसको पहिलो फिल्म ‘दबंग’ थियो । फिल्ममा सलमान खानले लिड रोल निभाएका थिए भने अरबाज मक्खीको रोलमा देखिएका थिए । यसपछि ‘दबंग–२’ पनि बनाए । अरबाज ‘दबंग–३’ मा सलमानसँग काम गर्ने तयारीमा थिए तर सलमानले अस्वीकार गरिदिए । र, फिल्म सुरु हुनुपूर्व नै रोकियो । मानिन्छ कि सट्टेबाजीमा अरबाजको लतका कारण नै सलमानले अरबाजसँग काम गर्न अस्वीकार गरेका थिए । त्यसपछि प्रोडक्सन हाउसबाट ‘फ्रीकी अली’, ‘ये तो टु मच हो गया’, ‘तेरा इन्तजार’जस्ता फिल्म बनाए ।
४. पत्नीले लिइन् डिभोर्स
अरबाजले सट्टा लगाउने विषयमा कुरा गर्दै भनेका छन्- ‘पैसा तिर्न नसकेपछि मानिसहरु फोन गरेर मलाइकालाई सताउन थाले । जसका कारण घरमा सधैं झगडा हुन सुरु भयो । यही कारण मलाइकाले डिभोर्स दिइन ।’
विवाहको २० वर्षपछि सन् २०१७ मा उनको डिभोर्स भयो । मलाइकाले डिभोर्स गर्ने बेलामा १० करोड रुपैयाँ पनि मागिन् । जो अरबाजले दिनु परेको थियो । मलाइका र अरबाजका एक छोरा अरहान पनि छन्, जो आफ्नी आमासँग बस्दै आएका छन् ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]