टोकियो, जापान, १८ जेठ – जापानमा सन् २०१७ मा जन्मिएका शिशुको सङ्ख्यामा उल्लेख्य कमी आएको शुक्रबार सार्वजनिक भएको यहाँको सरकारी तथ्याङ्कमा जनाइएको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नवजात शिशुको जन्मदरमा थप गिरावट आएको र यो गत वर्षको नौ लाख ४६ हजार ६० बाट पनि तल झरेको बताइएको छ ।
अघिल्लो बर्ष जन्ममा आएको ३० हजार ९१८ को कमीका कारणले सन् २०१७ मा जापानमा जनसङ्ख्या ३ लाख ९४ हजार ३७३ ले घटेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार भन्दा माथि छ । मृत्यु हुनेको यति ठूलो संख्या दोस्रो विश्वयुद्धपश्चातको १३ लाख ४० हजार ४३३ पछिको सबैभन्दा धेरै भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
जापानको जम्मा प्रजनन् दरमा ०.०१ बाट गत वर्ष १.४३ मा झरेको बताइएको छ । यो तथ्याङ्क जापानी महिलाले आफ्नो जीवनकालमा औषतमा जन्माउनसक्ने शिशुको आधारमा तय भएको हो ।
जापानी प्रशासकीय प्रान्तअनुसार हेर्दा सवैभन्दा बढी प्रजनन् दर ओकिनावामा १.९४ रहेको छ भने सवैभन्दा कम जापानको राजधानी टाकियोमा रहेको पाइएको छ ।
जापान सरकारले आर्थिक वर्ष २०२५ (सन्) मा प्रजनन् दरलाई १.८ पुरयाउने बताएको छ । जापानको जनसङ्ख्यालाई सन्तुलनमा राख्न प्रजनन् दरलाई २.०७ पुरयाउनुपर्छ ।
जापानमा महिलाहरूको बच्चा जन्माउन उमेर र विवाह दरमा अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा १३ हजार ६६८ सङ्ख्याले घटेको छ । यो सङ्ख्या विश्वयुद्धपूर्व छ लाख छ हजार ८६३ रहेको थियो ।
जापानको जनसङ्ख्यासम्बन्धि समस्यामाथि प्रकाश पार्दै तथ्याङ्कमा भनिएको छ, जापानमा बालबालिकाको सङ्ख्यामा एक वर्ष पहिले डेढ करोढ रहेकोमा गत वर्ष एक लाख ७० ले कमी आएको थियो ।
तथ्याङ्क विभागको तथ्याङ्क अनुसार १४ वर्ष र यसमूनिका बालबालिकाको सङ्ख्यामा निरन्तर ३७ औँ वर्ष पनि गिरावट देखिएको छ ।
जापानमा जनसङ्ख्याको रेकर्ड राख्न सन् १९५० पछि शुरु गरिएको थियो वर्तमान प्रधानमन्त्री सिन्जो आबेद्वारा राष्ट्रको निम्न जन्मदरलाई बढाउने कार्यक्रमका बाबजुद गत वर्ष पनि नवजात शिशुको जन्मदरमा अपेक्षाभन्दा कमी नै देखिएको छ ।
आबेले राष्ट्रको जन्मदरलाई प्रोत्साहन गर्न दिवासेवा सुविधा तथा निम्न आय भएका नागरिकलाई राज्यद्वारा प्रोत्साहन भत्ता उपलब्ध गराइने घोषणासमेत गर्नुभएको थियो ।
यद्यपि नतिजाले अझैपनि गुणात्मक रूपमा भिन्नता ल्याउन काम गर्नुपर्ने देखाएको छ । विभागका अनुसार बालबालिकाको जनसङ्ख्यामा गत वर्ष नयाँ किर्तिमानी रूपमा १२.३ प्रतिशतले कमी आएको र बालबालिकाको जनसङ्ख्यामा कमी देखिएको यो निरन्तर ४४ औँ वर्ष हो ।
जापानको समग्र जनसङ्ख्याको तुलनामा बालबालिकाको जनसङ्ख्या दर विश्वका चार करोड र यसभन्दा बढी जनसङ्ख्या भएका मुलुकमाभन्दा निकै कमी देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
दुई वर्षमूनिका शिशुहरूको सङ्ख्या सन् २०१७ मा जम्मा २९ लाख ३० हजार रहेको मन्त्रालयको तथ्याङ्कमा छ ।
सन् २०१७ मा जापानको जनसङ्ख्यामा निरन्तर सातौँ वर्ष पनि गिरावट आई जम्मा एक अरब २६ लाख ७० हजार पुगेको छ जसको २७.७ प्रतिशत ६४ वर्ष र यसभन्दा माथिका नागरिकको रहेको सरकारी तथ्याङ्क छ ।
जापानका जनसङ्ख्याबारे विज्ञहरूले भने यदि यही रूपमा जनसङ्ख्यामा गिरावट आएमा आगामी सन् २०५० सम्ममा जापानमा अहिलेको जनसङ्ख्यामा २३ प्रतिशतले कमी आउने छ । यो अवस्था यो शताब्दीको अन्त्यसम्म पनि कायम रहने देखिएको बताइएको छ ।
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका