गायक सन्जिव सिंहको गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक भएको छ । प्राय आफ्नो भिडियोहरु विदेशमा छायांकन गर्न रुचाउने गायक सिंहको यो भिडियो पनि अस्ट्रेलियामा छायांकन गरिएको छ ।
अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडल दिनेश कार्की र सौरभी मानन्धरको अभिनय छ ।
नेपाल छंदै मोडलिङमा स्थापित मोडल दिनेश कार्कीले बेलायत बसाईको क्रममा पनि मोडलिङलाई निरन्तर्ता दिएका थिए । बेलायतमै गायक यश कुमारको ‘शंका गर्न’ को भिडियो, एनएचएस (नेशनल हेल्थ सर्भिस) को टिबी रोग सम्बन्धी विज्ञापन लगायतमा मोडलिङ गरेर बेलायतमा चिनिएका कार्की सन्जिव सिंहको यस भिडियोबाट अस्ट्रेलियाको मोडलिङ छेत्रमा पनि आफू स्थापित हुनेमा विश्वस्त रहेको बताए ।
सन्जिव सिंहको शब्द संगीत स्वरमा रहेको उक्त रिमिक्स गीतको म्युजिक भिडियो गोल्डेन टाइम्स मिडियाले निर्माण गरेको हो ।
गोल्डेन टाइम्सले यस अघि पनि केही म्युजिक भिडियो र सर्ट मुभिहरु दर्शक माझ ल्याइसकेको छ ।
माया प्रेममा आधारित यस गीतमा दुई प्रेमी बिचको कथा वस्तु उल्लेख छ ।
कृष्ण भण्डारीको निर्देशन सम्पादन रहेको उक्त भिडियोमा विनोद केसीको छायांकन रहेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते