
वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच जलवायु परिवर्तनका असरबाट जोखिममा परेका समुदायको कृषि र खाद्य सुरक्षा सहयोगका लागि सम्झौता हुँदै । तस्वीर – भिष्मराज ओझा, रासस
काठमाडौँ, ७ जेठ – वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच जलवायु परिवर्तनका असरबाट जोखिममा परेका समुदायको खाद्य सुरक्षा र कृषिका लागि आयोजना सम्झौतामा आज हस्ताक्षर भएको छ ।
मन्त्रालयका तर्फबाट सहसचिव डा रामप्रसाद लम्साल र डब्लुएफपीका देशीय प्रतिनिधि पिप्पा ब्राडफोर्डले हस्ताक्षर गर्नुभयो । चार वर्षमा सम्पन्न हुने उक्त आयोजना मुगु, कालीकोट र जुम्लाका सात गाउँपालिकामा लागू हुने र झण्डै रु एक अर्ब खर्च गरिनेछ ।
सो अवसरमा वनमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका विद्यमान स्रोतसाधनको बहुआयामिक परिचालन र उपयोगबाट खाद्य संकट समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले साझेदार संस्थालाई सम्बन्धित समुदायसमक्ष प्रभावकारी रुपमा कार्यक्रम लैजान सुझाव दिँदै सरकारले पनि काम गर्न सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । चेतना र सीप भए कर्णाली क्षेत्रमा उत्पादन हुने खाद्य सामग्रीको व्यवस्थापन गर्न सकिने मन्त्री बस्नेतको धारणा थियो ।
वन सचिव डा विश्वनाथ ओलीले आयोजना लामो छलफल र बहसपछि आएकाले उद्देश्य प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । सहसचिव डा लम्साल र डब्लुएफपीका देशीय प्रतिनिधि ब्राडफोर्डले जलवायु परिवर्तनको जोखिममा परेका समुदायको खाद्य सुरक्षाका लागि आयोजना सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनका जोखिम र अनुकूलन रणनीतिका लागि स्थानीय क्षमता अभिवृद्धि, जलवायु परिवर्तनका असरको जोखिममा परेकाको खाद्य सुरक्षामा सुदृढीकरण र स्थानीय जीवनस्तरमा सहायताका लागि प्राकृतिक प्रणालीको अभिवृद्धि गर्ने आयोजनाको उद्देश्य छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो